म्याराडोनालाई अमेरिकाले भिसा दिएन

Maradona-Chavezअर्जेन्टीनी फुटबल स्टार म्याराडोनालाइ अमेरिका स्वागत गर्न चाहँदैन ।
म्याराडोना आफ्नो सानो छोरालाइ फ्लोरिडाको डिस्नेल्याण्ड घुमाउन चाहन्थे । त्यसका निम्ति उनी दुबइस्थित अमेरिकी राजदूतावासमा भिसा माग्न गएका थिए । तर भिसा दिइएन ।
क्यूबाका नेता फिडेल क्यास्ट्रो र भेनेजुएलाका दिवंगत नेता ह्यूगो साभेजका घनिष्ठ मित्र म्याराडोना बेलाबखत अमेरिकाविरोधी विचारका कारण पनि चर्चामा आउँछन् । उनलाइ भिसा अस्विकार गर्नुको कारण राजनैतिक भएको अनुमान गरिएको छ । अमेरिकी अखबारहरूले उनको कोकाइन सेवन गर्ने पुरानो आदतलाइ पनि जोडेर चर्चा गर्ने गर्छन् ।

  • Post Category:खेल