म्याग्दीबाट हेलिकप्टर चार्टर गरी यार्सा निर्यात

प्रतिकिलो १० लाख २५ हजारमा बिक्री
Yarsaम्याग्दीको मुदीमा स्थानीयवासीद्वारा सङ्कलित यार्सागुम्बा व्यवसायीले हेलिकप्टर चार्टर गरी निकासी गरेका छन् । सुरक्षाको कारण देखाउँदै मुदी गाविसमा सङ्कलन भएको सात किलो ६०० ग्राम यार्सा स्थानीय दलमान पुन र ध्रुब कँडेललगायतका व्यवसायीले दुई वटा हेलिकप्टरमार्फत काठमाडौँ लगेका हुन् ।
पैसा बोकेर गाउँमा पुग्दा बीच बाटैमा लुटिने डर भएकाले छिटो र सुरक्षित रुपमा ढुवानी गर्न हेलिकप्टर चार्टर गरिएको व्यापारीले बताएका छन् । यस वर्ष मुदीमा गत वर्षभन्दा बढी यार्सा सङ्कलन भएको छ । यसवर्ष दुईवटा हेलिकप्टरमार्फत यार्सा निर्यात गरिएको उहाँले बताउनुभयो । गत वर्ष प्रतिकिलो १० लाख २५ हजार रुपैयाँमा बिक्री गरेका सर्वसाधारणले यो वर्ष अन्तर्राष्ट्रिय बजारमा यसको माग बढेको कारण प्रतिकिलो रु ११ लाखमा बिक्री गरेका हुन् ।