“मेरो चरित्र हत्या गर्ने प्रयास गरीयो” : अर्जुनकुमार श्रेष्ठ, संयोजक- एनआरएन युरोप

arjunएनआरएन युरोप संयोजक अर्जुनकुमार श्रेष्ठले एनआरएन सातौ युरोपेली बैठकको बिषयलाई लिएर गरीएका केहि टिका टिप्पणीले  आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको बताएका छन् | आइतवार लुभेनमा आयोजित एनआरएन बेल्जियमको पाचौ वार्षिक साधारणसभामा बोल्ने केहि बक्ताहरुबाट आएको क्षेत्रीय बैठकको अनियमितता भन्ने सन्दर्भलाई लिएर उनले उक्त कुरा बताएका हुन्|

सातौ बैठकको लागी आयोजक समितिद्वारा  नेपाल र नेपाल भन्दा बाहिरका केहि व्यक्तिहरुलाई अतिथिको लागी निमन्त्रणा गरीएकोमा उठेका केहि भ्रमित समाचार प्रति तत्काल एनआरएन युरोप र आयोजक समितिले सबै कुराहरुबारे छर्लंग पारिसकेको बताउदै ‘यस बारेमा पुन कुरा उठाउनु भ्रम सिर्जना गर्दै मेरो चरित्र हत्या गर्ने प्रयास हो’उनले भने |

यो समाजलाई सुसज्जित  बनाउने भन्दा पनि भ्रम फैलाउन नियोजित किसिमले गरीएका यस्ता किसिमका गतिबाधिबारे छानबिन गर्न जुन १० मा केन्द्रलाई निवेदन गरेको उल्लेख गर्दै श्रेष्ठले भने ‘बिना आधार उठाईएका यस्ता बिषयमा क्षतिपूर्ति हुनुपर्छ त्यो पैसाले होईन स्पस्टताले हुनुपर्छ ’|

श्रेष्ठले आफु बिगत ६ बर्ष देखि एनआरएनका गतिविधिमा सक्रिय रहदै यसको सस्थागत बिकाशको लागी योगदान दिदै आएको र कुनै पनि बिषयमा अनियमितता नगरेको उल्लेख गर्दै ‘अनियमितताको नाममा मैले एक कप चिया समेत खाएको छैन |अझै पनि यस बिषयमा चित्त बुझ्दैन भने प्रमाण लिएर आउनुस प्रमाण भेटेमा मैले छ बर्ष गरेको सामाजिक सेवालाई बिर्सेर तपाईहरुको बीचबाट राजीनाम दिएर यो समाज र एनआरएन गतिबिधिबाट बाहिरिन चाहन्छु ‘उनले भने |

कार्यक्रममा एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापा तथा महासचिव कुमार पन्तका साथै बेल्जियमस्थित थुप्रै संघ सस्थाका प्रतिनिधि उपस्थित थिए|