‘मिस वर्ल्ड’ युक्तालाई आफ्नै बेडरूम भिडियोको डर

yukta-mookheyबलिउड अभिनेत्री तथा मिस वल्र्ड युक्ता मुखीलाई अहिले आफ्नो बेडरुमको आपत्तिजनक भिडियो सार्वजनिक हुने भन्ने चिन्ताले सताएको छ। युक्ता र उनका पतिबीच विवाद चुलिँदै गएपछि उनलाई यस्तो त्रासले सताउन थालेको समाचार एजेन्सीहरूले जनाएका छन् ।

सन् १९९९ मा लन्डनमा मिस वल्र्डको ताज पहिरिएकी उनलाई आपसी विवाद बढ्दै जाँदा पतिले बेडरुममा कैद गरिएका आपत्तिजनक भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि उनी मानसिक त्रासमा रहेकी छन् । युक्ताले आफूलाई बेडरुममा कैद गरिएका भिडियो क्लिप्स सार्वजनिक गर्ने धम्की दिएपछि उक्त भिडियोलाई तुरुन्त नियन्त्रण गर्न आफ्नो वकिलमार्फत अदालतसमक्ष अपिल गरेकी छिन्। यदि यस्तो भिडियो सार्वजनिक भए आफ्नो करिअर र प्रतिष्ठामा नराम्रो धक्का पुग्ने भएकाले उनले यस्ता अपिल गरेकी हुन्। युक्ताले पतिविरुद्ध घरेलु हिंसा र अप्राकृतिक यौन सम्पर्कको आरोपमा उजुरी दिएकी छिन्। यो मुद्दा अहिले पनि विचाराधीन अवस्थामा रहेको छ। उनले सन् २००८ मा प्रिस तुलीसँग सिख परम्पराअनुसार विवाह गरेकी थिइन्।
उनीहरूको एक छोरा छन्।
Yukta_wed