मिलेर बस्नुस,एक अर्कालाई निस्तेज गरेर के पाईन्छ?- प्रधानमन्त्री शुशील कोईराला

प्रधानमन्त्री शुशील कोईरालाले बिदेशमा बस्ने नेपालीहरुलाई मिलेर बस्न आग्रह गरेका छन् |संयुक्त राष्ट्र संघको महासभामा भाग लिए लगत्तै तिन दिने Sushil-Koirala
बेल्जियमको भ्रमणको क्रममा बेल्जियम आएका कोईरालाले बुधवार स्वदेश फर्कनु अगावै नेपाली दूतावास ब्रसेल्समा जम्मा भएका गैर आवासीय नेपालीहरुलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन्|

प्रधानमन्त्री कोईरालाले न्यूयोर्कमा संघ सस्थाको अन्तरक्रिया कार्यक्रममा नेपाली उग्र भएर बोलेको स्मरण गर्दै ‘प्रजातन्त्रमा आस्था र बिश्वास हुन्छ | जुनसुकै पार्टीको भए पनि फरक पर्दैन सकारात्मक सोच राख्नुस सकारात्मक संदेश जान्छ नकारात्मक सोच राख्नुस नकारात्मक संदेश जान्छ |’ उनले भने |

मुलुक संबिधान निर्माणको सकारात्मक बाटो तर्फ गैरहेको बेला गलत कुराहरुले देश भाडिने उल्लेख गर्दै उनले भने ‘सबै मिले पो देश बन्छ,द्वन्द्व र हिंसाले देश बन्दैन,कसैको हक अधिकार रहदैन | प्रवासमा बसेका तपाईहरु एक अर्कालाई निस्तेज गरेर के पाईन्छ |’ उनले प्रश्न गरे |

प्रवासमा मिलेर बसे बल हुने टुट्यौ भने हेप्ने उल्लेख गर्दै उनले भने ‘भारतीय,पाकिस्तानी र बंगलादेशीहरु एक ढिक्का भएर बसेका छन,हामी चाहि मारकाट,एक नेपाली संग अर्को नेपाली’ | आपसी झगडा र कलहले कसैलाई पनि फाइदा नपुग्ने उल्लेख गर्दै ‘तपाईहरु मिलेर बस्नुस ,त्यो एकता आवश्यक छ केहि पिर,मर्का,दुख पर्यो भने मद्वत मिन्छ,बाहिर बस्दा सबैले आवाज उठाए पो हामीलाई मद्वत होला एक अर्का प्रति निस्तेजको आवाज उठाए हेप्छन |’ उनले थपे |

बिदेशमा बसेका नेपालीहरु अनेकै दुख कठिनाईका बाबजुद पनि जुट्न नसकेकोमा चिन्ता प्रकट गर्दै ‘मेरो अनुरोध छ जुनसुकै नेपालीहरु पार्टी वा संघ-सस्थाको भए पनि  नेपाली भएर बसौ,एक अर्कालाई नतानौ |’ उनले भने |

कोईराला संयुक्त राष्ट्र संघको ६९ औ महासभामा भाग लिएपछी स्वदेश फर्कने क्रममा सोमवार ब्रसेल्स आएका थिए| भ्रमणको क्रममा कोईरालाले युरोपियन काउन्सिलका अध्यक्ष हर्मन भान रोम्पोई ,युरोपियन कमिसनका अध्यक्ष जोसे म्यानुअल वारोसो र लक्जेम्बर्गका प्रधानमन्त्री जेभियर वेतल संग भेटघाट भेटघाट गरेका थिए |