मानव तस्करको जालोमा नेपाली युवा

नेपालमा रोजगार नपाएर भौतारिएका युवाहरूलाई मानव तस्करहरूले विभिन्न बहानामा ठग्ने गरेका छन् । यूरोप तथा अमेरिका पठाइदिने भन्दै तस्करहरूले नक्कली कागज बनाएर विभिन्न देशमा पुर्‍याएर आर्थिक अशुल गरी अलपत्र पार्ने गरेका छन्। गत महिना ९ जना नेपालीलाई इटलीबाट पनि यस्तै विधी अपनाएर मानव तस्करहरूले ठग्न खोजेका थिए । नेपाल प्रहरीका प्रवक्ता नवराज सिलवालका अनुसार उनीहरूलाई विभिन्न देशको स्थल मार्ग हुँदै टर्की पुर्‍याइएको थियो। इटली पुगेपछि अपहरणको शैली अपनाएर उनीहरूका घरबाट नगद मगाएपछि प्रहरीले यस्तो घटनाको जानकारी पाएको प्रवक्ता सिलवालको भनाइ छ। टर्की पुर्‍याएका ९ नेपालीलाई प्रहरीले इन्टरपोलको सहयोगमा उदार गरेको जनाएको छ। उनीहरू अपहरणकारीबाट मुक्त भएपछि अवैध रुपमा आफ्नो देश प्रवेश गरेको भन्दै। उनीहरूलाई टर्की प्रहरीले नियन्त्रणमा लिएको छ।
human traffic webमानव तस्करहरूले यूरोप तथा अमेरिकाको नक्कली कागज बनाएर नेपालीहरूलाई विभिन्न देश पुर्‍याएर ठग्ने गरेका घटना बढेपछि प्रहरीले इन्टरपोलमार्फत् यस्ता घटना रोकथामको लागि विशेष पहल गरेको नेपाल प्रहरीको भनाइ छ। प्रहरीको पछिल्लो तथ्यांकअनुसार त्यस्तो ठगी कार्यमा सबैभन्दा बढी बंगलादेशी नागरिक सक्रिय रहेका छन्। उनीहरूले सम्बन्धित देशका मानव तस्करको सहयोगमा ठगी गर्ने गरेका छन्। यी र यस्ता खालका घटना रोख्नको लागि प्रहरीको इन्टरपोलले पछिल्लो समय मानव तस्करहरूको निगरानी बढाएको छ। यस्ता खाले तस्करहरूले विभिन्न देशका नागरिकलाई ठग्ने गरेका कारण इन्टरपोलले २०१२ मा अप्रेशन तोयो सञ्चालन गरी ४ सय बालबालिका विभिन्न देशबाट उद्धार गरेको थियो। प्रहरीको अनुसार यसरी तस्करहरूको शिकारमा धेरै जसो बालबालिका र महिला पर्ने गरेका छन।
प्रहरी प्रवक्ता सिलवालकाअनुसार मानव तस्करको पहिलो धन्दा भनेको महिला तथा बालबालिकालाई यौन जन्य प्रयोजनका लागि विभिन्न देश सप्लाइ गर्ने र युवाहरूलाई विभिन्न देश पुर्‍याएर आर्थिक अशुल्ने घटना बढेको भन्दै इन्टरपोलले विभिन्न देशको सुरक्षा निकाएसँंग समन्वय गरिरहेको छ। स्रोतका अनुसार अधिकांश मेनपावर कम्पनीहरूले मानव तस्करहरूलाई सघाउने गरेका छन्। तस्करहरूलाई सहयोग गरेबापत मोटो रकम मिल्ने भएका कारण कतिपय मेनपावरले यस्तो धन्दा चलाउने गरेका छन्। यस्ता खाले मेनपावरलाई भने प्रहरीले अहिलेसम्म नियन्त्रणमा लिन सकेको छैन। अघिल्लो महिना टर्की पुर्‍याइएका ९ नेपाली पनि मेनपावर कम्पनीबाटै गएका थिए। दुबई कतारमा काम गरिरहेका उनीहरूलाई मानव तस्कहरूले युरोपको सपना देखाएर अवैध स्थलमार्ग हुँदै टर्की पुर्‍याएको घटनाले पनि प्रष्ट पार्छ मानव तस्करहरूको कत्तिको सञ्जाल छ भनेर।
– डिल्ली पाण्डे