मन्त्रीका छोरा छुटेपछि उडिसकेको विमान फर्कियो

लेवनानको बेरुतबाट इराकको बग्दादका लागि उडेको मिडल इष्ट एयरलाइन्स (एमइए)को जहाज २१ मिनेटपछि इराकी मन्त्रीको छोरालाई लिन फेरि एयरपोर्ट फर्किएको विषयमा अनुसन्धान चलिरहेको छ ।

plane Lebananइराकी यातायात मन्त्री हली अल अमिरीका छोरा महदीलाई समयमा नआएपछि विमान उडेको थियो । त्यसपछि मन्त्रीका छोराले बगदाद एयरपोर्टमा फोन गरेर आफू विना उडेको विमान अवतरण नगर्न निर्देशन दिएका थिए ।

त्यसपछि २१ मिनेटको दुरी पार गरिसकेको विमान फर्किएर फेरि बेरुत नै पुगेको थियो ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले इराकी प्रधानमन्त्री नुरी अल मलिकीलाई यसबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।

एयरलाइन्सले उडान समयभन्दा ६ मिनेट ढिलासम्म पनि आफ्ना यात्रु महदीलाई खोजविन गरेको थियो।

पटकपटक ‘एनाउन्स’ गर्दा पनि महदी नआएपछि जहाज उडेको थियो ।

इराकी यातायात मन्त्रालयले भने मन्त्रीको छोराको कारणले विमान नफर्किएको जनाएको छ । मन्त्रालयले भनेको छ ‘विमान सरसफाईका लागि बेरुत फर्काइएको हो ।’ एजेन्सी