बेल्जियमका नेपालीहरुले बस भाडाबाट बचत रकम नेपालका पिडित महिलाको उपचारको लागि सहयोग स्वरूप प्रदान गर्ने भएका छन् |
आईतवार बेल्जियम देखि लक्जेम्बर्ग सम्मको समर भ्रमणको क्रममा बस भाडाको रुपमा उठाईएको रकमबाट बचत युरो ४०० नेपालको दार्चुला जिल्लाका आङ्खस्ने रोगबाट पिडित महिलाहरुको उपचारको सहयोगको लागी एनआरएन महिला कोष मार्फत पठाईने भएको छ|
कार्यक्रमको संयोजक एनआरएन बेल्जियम महिला संयोजक यशोदा थापाले मनोरञ्जनको लागि छुट्याएको रकमलाई कम गर्दै पिडित महिलाको सेवामा लगाउदा छुटै आनन्दको महशुश भएको बताईन |