भाग्य जगाउन आमाको बली

भारतको महाराष्ट्र राज्यको नासिक शहरका दुई दाजुभाइले महिला तान्त्रिकको बहकाउमा आएर आफ्नो भाग्योदयको लागी आफ्नी आमाको बलि दिएको निकै भयानक घटना सार्वजनिक भएको छ| पुलिसले अक्टोवरमा भएको हत्याको बिषयमा छानविनको क्रममा दुइजना दाजुभाइसहित अन्य दश जना मानिसलाई पक्राउ गरेको छ | पुलिसका अनुसार आफ्नो स्थिति सग खुशी नरहेका काशिनाथ र गोबिन्दा डोरेले महिला तान्त्रिक बच्चीबाई नारायण खड्केको बहकाउमा आएर आमाको बलि दिने जस्तो घृणित अपराध गरेका हुन्|

तान्त्रिकले उनीहरुको भाग्यदयोको लागी आफ्नी आमा र बहिनीलाई बलि दिनुपर्ने बताएकी थिइन् | तान्त्रिकले ति दाजुभाईलाई उनीहरूकी आमा बोक्सी भएको जसले उनीहरुको उन्नति प्रगति खोसिरहेको बताईन | यसबाट बचाउनका लागी आफ्नी आमा र बहिनीलाई आफु भएको ठाउमा ल्याउन तान्त्रिकले आदेश दीईन| केहि गरेर ति दाजुभाईले आफ्नी आमा बुद्वाबाई र बहिनि राहिबाई पिङलेलाई त्यहाँ लिएर गए जहाँ उपचारको नाममा उनीहरुलाई चरम यतना दिईएको मीड डे ले बताएको छ| उनीहरु दुबैलाई खान र पानीबाट बन्चित गरी शारीरिक रुपमा अशक्त बनाईएको थियो| दुई दिन पछी बच्चीबाईले बुद्वाबाई र राहिलाई नाङ्गो बनाई बुद्वाबाईको आँखा निकाली उनलाई ति दाजुभाइको अगाडी मारिएको पुलिस अधिकारीले जानकारी दिएको छ|

निकै डराएकी र नंग्न राही केहि गरेर त्यंहाबाट भाग्न सफल भईन| घरसम्म पुग्न लागी उनले ४० किलोमिटर यात्रा गरेको बुझिएको छ| पछी उनले केहि स्थानियहरुको सहयोगमा उक्त घटनाको जानकारी पुलिसलाई दिन सफल भएकी थिइन् | बच्चीबाईको घरमा खोजतलास गर्दा अरु दुई लासहरु पनि बरामद गरीएको पुलिसले जानकारी दिएको छ|