बेल्जियमको ब्रुजमा रहेका नेपालीहरुले अतिरिक्त कृयाकलापका लागि गृहनगरमा एक खेलकुद हलको ब्यवस्था गरेका छन् ।
खेलकुदप्रेमी रेशमजंग कुँवरको नेतृत्वमा प्रत्येक सोमबार बेलुकी ६ बजे देखि ८ बजेसम्मको लागि हलको ब्यबस्था गरिएको हो । यो हल “Sint-Lodewijkscollege” Magdalenastraat 30, 8200, Brugge मा छ । यो हलमा मिनिफुटबल, बास्केटबल, भलिबल, टेनिस, जिम्न्यास्टिक र ब्याडमिन्टन खेल्न सकिन्छ ।
किन खेलकुदको लागि हल रिजर्भै गर्नुपर्यो भन्ने एक प्रश्नको जवाफमा रेशम कुँवर भन्नुहुन्छ,- “मनोरन्जन, शारिरिक तथा बौद्धिक विकास, साथीभाइबिच मैत्री संम्बन्ध बढाउन, स्वस्थ रहन पनि खेलकुद अपरिहार्य रहेको छ र निकट भविश्यमा स्थानिय बेल्जियनहरुसंग पनि प्रतिस्पर्धा गर्ने र भाईचारा सम्बन्ध बढाउने योजना रहेको र नेपाली कम्युनिटीको लागि छुट्टै खेलकुद हलको ब्यबस्था गर्न लागिपर्ने छु । ”
यो हलमा ब्रुजमा रहेका सबैलाई स्वागत छ भन्दै सबै नेपाली दाजुभाइलाई ८ सेप्टेम्बरको दिन बेलुकी ६ बजे उपस्थित भैदिएर खेलकुदमार्फत भातृत्व बढाउन आग्रह गरिएको छ ।