बेलायती सहकर्मी सरह पेन्सन पाउनुपर्ने लगायत ५ सुत्रिय माग राखेर पूर्व ब्रिटिस गोरखा सैनिकहरुले आज लैनचौर स्थित बेलायती दुतावास अगाडि रिले अनसनमा बसेका छन् । उनीहरुले जगेडा पेन्सन पाउनु पर्ने, स्वास्थ्य उपचार सुविधा पाउनुपर्ने र १८ वर्ष माथिका आश्रित छोराछरीहरुले आवासीय भीषा पाउनुपर्ने माग राखेर रिले अनसनमा बसेका हुन । पटक,पटक आफ्ना मागको बारेमा ध्यानाकर्षण गराउँदा समेत बेलायत सरकारले कुनै वास्ता नगरेको उनीहरुको भनाई छ । माग पुरा गराउन पहल गरिदिन नेपाल सरकारलाई समेत आग्रह गरिएको छ ।