बितेको केही दिनमा ब्रसेल्सको स्थानीय पुलिसले चुरोटको ठुटा फाल्ने, चर्को हर्न बजाउने जस्ता सार्वजनिक अपराध गर्ने २२१ जनालाइ कार्यवाही गरेको जनाएको छ ।
त्यसमा, ५९ जना जथाभावी फोहर फाल्ने, ९५ जना चुरोटको ठुटा फाल्ने, ३३ गाडी चालकहरू चर्को गीत बजाउने र १० जना बाटोमा थुक्ने छन् । त्यसै बखत, सडक नियम मिच्ने ३७ सवारी चालकको पनि प्रहरी रिपोर्ट बनाइएको थियो ।