ब्यवसायी संघ बेल्जियमद्वारा सर्वोत्कृष्ट विद्यार्थीको लागि पुरस्कारको घोषणा

त्रिभुवन विश्वबिधालय ब्यबस्थापन संकाय तर्फ स्नातक तहमा उत्कृष्ट अंक ल्याउने विधार्थीलाई नेपाली ब्यसवायी संग बेल्जियमले बर्षेनी १ लाख ११ हजार १ सय ११ रुपैया ११ पैसा नगद सहित सम्मान गर्ने निर्णय गरेको छ|

नेपालका प्रतिभाशाली  बिधार्थीको सम्मानको साथै देशको शैक्षिक समृद्वीको लागी पुरस्कारको घोषणा गरीएको नेपाली ब्यबसायी संघ बेल्जियमका महासचिब लोक दाहाले जानकारी गराए|उनले बिभिन्न क्षेत्रमा गरीने यस्ता खाले सम्मानले नागरिकमा जिम्बेवारी बढ्ने उल्लेख गर्दै राष्ट्रको बिकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे|

बेल्जियममा रहेका नेपाली व्यवसायीको हक हितको साथै नेपालको प्रवर्द्धन गर्ने उद्वेश्यले नेपाली ब्यबसायी संघ बेल्जियमको स्थापना गरीएको थियो|नेपालीहरु माझ सन् २००६ मा स्थापित संघ बेल्जियममा सन् २००९ मा विधिवत दर्ता गरीएको थियो|दर्ता सगै ब्यबसाय सम्बन्धि बिभिन्न सेमिनार र गोष्ठीको आयोजना गर्दै आईरहेको यस संघले अघिल्लो बर्ष बेल्जियममा सम्पन्न ५६ औ अन्तराष्ट्रिय ब्यापारिक मेलामा नेपाल अतिथि राष्ट्रको रुपमा छनोट हुनुमा नेपाली दूतावास बेल्जियम र नेपाल उधोग बाणिज्य महासंघ मिलेर कार्य गरेको थियो|

युरोपमा बेलायत पछी खोलिएको यो दोश्रो ब्यबसायिक संगठन हो|यसले नेपाल उधोग वाणिज्य महासंघ बाट बैदेशिक शाखाको मान्यता समेत प्राप्त गरेको छ|Nepalese-BusinessMan-belgium