बेल्जियम, युरोपेली छनौट प्रतियोगितादेखि नै अपराजित रहँदै आएको बेल्जियम विश्वकप २०१४ को दोश्रो चरणमा प्रवेश गरेको छ|आईतवार रुससंगको संघर्षमय खेलमा १-०ले पछाडी पार्दै ६ अंकका साथ ‘समुह एच’ बाट अन्तिम १६ मा प्रवेश निश्चित गरेको हो|अन्तिम खेल बेल्जियमले एसियाली प्रतिद्वन्दी दक्षिण कोरीयासँग विहिवार खेल्नेछ|
रोमेलु लुकाकुलाई स्थान्तरण गर्दै ५७ औ मिनेटमा मैदान प्रवेश गरेका बैकल्पिक खेलाडी डिभोग ओरीगीले खेल सकिन २ मिनेट बाँकी रहँदा इडेन हाजार्डको पासलाई गोलमा परिणत गरेका थिए|उनले अल्जेरिया विरुद्वको अघिल्लो खेलमा पनि आफ्नो प्रभाव राखेका थिए|रुसको सांगठानिक प्रदर्शन अगाडी बलियो दवाव सिर्जना गर्न नसकेको बेल्जियमले खेल सकिनु ७ मिनेट बाकी रहदा केभिन मिरालासले हानेको कडा सर्ट गोल हुन पाएन|दोश्रो चरणमा प्रवेश गरेको बेल्जियमले बाकी खेलहरुमा अझै तयारी गर्नुपर्ने हुन्छ|रुस सगको खेलमा दवाबमा रहेको बेल्जियमका खेलाडीहरु बीच तालमेल मिलेको थिएन|
बेल्जियका राजा फिलिप र रानी माथिल्दले रंगशालामै बसेर खेल हेरेका थिए|उनीहरुसँग रक्षा र परराष्ट्रमन्त्रीका साथै राष्ट्रिय टिमका सदस्यहरु समेत सहभागी थिए| गोलपछि खुशी हुँदै बेल्जियमका राजा फिलिप र रानी माथिल्द
फोटो/एजेन्सी