बेल्जियममा ‘रेगुलराइजेसन’ स्वाट्टै घट्यो

सन् २०१४ मा बेल्जियममा जम्माजम्मी एक हजारभन्दा कम ‘परिचय-पत्रविहिन’ हरूले ‘रेगुलराइजेसन’ पाई बसोबासको अनुमति-पत्र प्राप्त गरे । जुन सँख्या बितेका सालहरूको तुलनामा अत्यन्त कम हो ।

immigration-belgiumबेल्जियमका अध्यागमन मन्त्री थियो फ्रान्केनले यो गिरावटलाइ स्वागत गरेका छन् । उनले भनेका छन्- “‘रेगुलराइजेसन’ भनेको अपवादस्वरूप हुनुपर्छ । धेरैले ‘रेगुलराइजेसन’ पाउनु भनेको कानूनमा खोट हुनु हो ।”

‘परिचय-पत्रविहिन’ हरूले ‘रेगुलराइजेसन’ पाउने २ आधार छन्- मेडिकल र मानवीय । बितेको दशकमा मानवीय आधारमा दसौं हजारले ‘रेगुलराइजेसन’ पाएका थिए, तर सन् २०१४ मा आइपुग्दा मानवीय आधारमा ‘रेगुलराइजेसन’ पाउनेहरू नगण्य छन् । सन् २०१४ मा ‘रेगुलराइजेसन’ पाउनेहरू धेरैजसो मेडिकल आधारमा भएको बताइएको छ ।

‘रेगुलराइजेसन’ बाट रेसिडेन्सी कार्ड पाउन कठीन हुनुको एक प्रमुख कारण बेल्जियममा भएको नीति परिवर्तन हो । यहाँको संघीय सरकारमा NVA पार्टीको वर्चस्व भएपछि सो पार्टीको अध्यागमनप्रतिको कडा नीतिका कारण नियमहरू सख्त भएका छन् । त्यस्तै अध्यागमन फाइलहरूमा छिटो-छिटो निर्णय गरिन थालेको छ । जसले गर्दा पनि ‘रेगुलराइजेसन’ मा कमी आएको हो ।