बेल्जियमका सवारी चालकहरूले सवारी नियम उल्लघंन गरे पनि यो हप्ता ट्राफिक जरिवाना तिर्नु नपर्ने जस्तो भएको छ । प्रहरीहरूको हडतालका कारण उनीहरूले ‘जरिवानामुक्त हप्ता’ भन्दै पैसा नतिराउने घोषणा गरेका हुन् । जरिवानाका बदला गल्ति गर्नेलाइ सम्झाउने-बुझाउने गरी ज्ञान प्रदान गरिनेछ । आजबाट यस्तो हप्ता शुरू भएको छ ।
नयाँ समिकरणको सरकार बन्दै गर्दा प्रहरीहरूको पेन्सनको उमेर बढाउने सहमति पार्टीहरूबीच भएपछि विरोधस्वरूप बेल्जियन प्रहरीको सँघले विरोध गर्दै विभिन्न कार्यक्रम राखेको हो ।