सीरियाबाट फर्केर ग्रीसमा बसीरहेको एक जिहादिस्तले उसको बेल्जियमको लिएज नजिकको लान्तान जेलमा रहेको भाइलाई फोन गरेर बेल्जियममा पुलिस स्टेशनमा आक्रमण गर्न समन्वय गरेको तथ्य बेल्जियमको फ्लेमिश च्यानल भि.टी.एम. ले उल्लेख गरेको छ । सो खबर बेल्जियन प्रहरीले फोन-वार्ता सुनेर पत्ता पाएको थियो र तिनको अनुगमन गरिरहेको थियो ।
सो ब्यक्ती २७ वर्षिय मोरोक्कन मूलको बेल्जियन नागरिक (फोटो) रहेको बताइएको छ । खास नाम अब्देलहमिद अबाउद रहेको उसको जिहादी उपनाम अबु अोमार सुसी भएको र बेल्जियमा राजधानी ब्रसेल्स क्षेत्रको मोलनबेक नगरपालिकाको स्थायी बासिन्दा भएको बताइएको छ । इस्लामिक राज्य स्थापनामा सहयोग गर्न जिहादीका रूपमा सिरिया गएको अब्देलहमिद अबाउद त्यहाँबाट टर्कि र ग्रीसमा पुगेको बताइन्छ ।
ग्रीसमा रहेको सो ब्यक्तीलाइ हस्तक्षेप गर्न बेल्जयन गुप्तचरहरूले आग्रह गरेको तर ग्रीक अधिकारीहरूले केही नगरेको भि.टी.एम. को समाचारमा उल्लेख गरिएको छ ।
यस बारेमा बेल्जियमको संघीय महान्यायाधीवक्ताका प्रतिनिधिसँग प्रश्न गर्दा केही उल्लेख नमानेको थप समाचारमा जनाइएको छ ।