आगामी असार २९ अर्थात जुलाई १३ का दिन आदिकवि भानुभक्त आचार्यको २०० औं भानु जयन्ति (दोस्रो शतवार्षिकी) विशेष कार्यक्रमका साथ बेल्जियमको लुभेनमा आयोजना गर्ने उद्देश्यले नेपाल सरकारको मुल आयोजक समिति अन्तर्गत बेल्जियम सँयोजक अनेसास बेल्जियमका निवर्तमान अध्यक्ष बिमल गिरीको अध्यक्षतामा एक समितिको गठन गरिएको छ ।

अनेसास बेल्जियमको प्रमुख सँयोजनमा हुने समारोहको उपाध्यक्षमा राजकुमार पुडासैनी, महासचिव दीपकज्योति पौडेल, सचिव जे. वी. शेर्पा, कोषाध्यक्ष परमानन्द सापकोटा र सदस्यहरुमा क्रमशः पँचम अधिकारी, नन्दु घले, विष्णु सापकोटा, हरि श्रेष्ठ, डिल्ली अम्माई, मोहन खत्री, कुम शाही, रमेश कडेल, श्रीमती रुक्मिणी अमात्य, विनीता रिमालका अलावा बेल्जियमका सामाजिक सँस्थाहरुको तर्फबाट खडक के.सी.(साँग्रिला समाज), श्रीमती पार्वती अधिकारी (चितवन सहायता कोष), राजेन्द्र रसाइली (हिमालयन सोसाइटी), पदम गुरुङ (तमु समाज), सोनाम शेर्पा (शेर्पा किदुक), होम तमु (सिक्लेस पार्चे कल्याण कोष), सहदेव गौतम (हेल्प नेपाल नेटवर्क), साइमन आले (डिसोफ), किशन के.सी. (युरो नेपाली खेलाडी सँघ), सूर्य ढकाल (इनद्रधनुष क्लव), घन शाही (मोना बेल्जियम), हरि थपलिया (नेपाली व्यवसायी सँघ), पदम गुरुङ (युरो नेपाल कलाकार सँघ), राधाकृष्ण अधिकारी (जयतु सँस्कृतम), मार्के मगर (विश्व मगर सँघ), साँगे मनाङे (वीएनटीवी), भरत तामाङ (तामाङ समाज), ओम थापा (क्षत्री समाज), श्रीमती रजनी प्रधान (पासाः पुच), देवु शर्मा (बागलुङ समाज), अमृत प्रधान (नवलपरासी सहायता समाज), इशवरा शर्मा (ब्रसेल्स मिलन केन्द्र), प्रवीण गौचन (थकाली समाज), रवीन्द्रमान श्रेष्ठ (सनातन धर्म सेवा परिषद), महेश थापा (पत्रकार महासँघ युरोप), ध्रुव पौडेल (वी.पी. प्रतिष्ठान), केदार जोशी (पर्वत समाज), गोकुल पाठक (नेपाली समुदाय ओस्टण्डे), कमल भारती (एभरेष्ट नेपाली समाज व्रुगे), सुष्माश्री थापा (हिन्दु नेपाली फोरम) पनि सदस्य रहनु भएको छ ।
अनेसास बेल्जियमको तर्फबाट अध्यक्ष दीपेन्द्र के.सी.व्दारा भानुको चिनारीपत्र प्रस्तुत गरिने कार्यक्रमको विस्तृत रुपरेखा निकट भविष्यमा प्रकाशन गर्ने समारोह समितिले जनाएको छ ।
– दीपेन्द्र के.सी., बेल्जियम