बेल्जियममा सेना परिचालन

बेल्जियन सरकारले सेना परिचालनको निर्णय गरेपछि प्रहरीको ‘ब्याक फोर्स’ का रूपमा ३०० सेना खटाइएका छन् ।
belgian armyबेल्जियमको सुरक्षा अवस्था दोस्रो संवेदनशील अवस्थामा राखिएपछि सरकारले सेनालाइ उतारेको हो । सेनाले हाललाइ विदेशी दूतावास, यहुदी समुदायका महत्वका भवन र न्यायालयलगायतका सुरक्षा संवेदनशील क्षेत्रमा प्रहरीको ‘ब्याक अप’ का रूपमा काम गर्नेछ । सेनाको पहिलो दस्ता यहुदीहरूको बाक्लो बस्ती रहेको एन्टवर्प सहरमा खटी सकेको छ ।