बेल्जियममा विदेशबाट मतदान सम्भाव्यताबारे अन्तरक्रिया

निर्वाचन आयोगले विदेशमा बस्ने झन्डै ३२ लाख नेपालीहरुका लागि मताधिकारबारे सम्भाव्यताको अध्ययन सुरु गरेको छ| आयोगको ५ बर्षे रणनीतिक योजनामा यस सम्वन्धि संभाव्यता अध्ययन सम्वन्धि व्यवस्था भए बमोजिम गठित समितिले देश बाहिर अध्यान शुरु गरेको हो|n1

मताधिकारबारे प्रारम्भिक अध्यानको शिलशिलामा बेल्जियम आईपुगेकी निर्वाचन आयुक्त ईला शर्माले नागरिकको मताधिकार प्रयोग सम्वन्धि वर्तमान व्यवस्थाबारे जानकारी गराउदै ‘बिदेशमा बस्ने लाखौ नेपालीहरु देशको निर्वाचनमा बिभिन्न कारणवश बन्चित हुनु परेकोमा आयोग गंभिर थियो’ उनले भनिन |एनआरएन बेल्जियमद्वारा बुधवार बेल्जियमको लुभेनमा आयोजित कार्यक्रममा बोल्दै ‘आगामी निर्वाचनमा निष्पक्ष तथा कानुन संगत ढंगबाट कसरी सहभागी गराउन सकिन्छ भनेर सुझाव संकलन अभियान थालेका हौ’ उनले बताईन|

आयुक्त शर्माले नेपाली नागरिक जहाँ रहेपनि उसको मताधिकारको रक्षा हुनु पर्नेमा आयोग सकारात्मक रहेको उल्लेख गर्दै मतदाता नामावली संकलन,मतदान केन्द्र र विदेशमा रहेका नागरिकको मताधिकार प्रयोगबारे  अन्तर्राष्ट्रिय अभ्यास के कस्तो छ आदिबारे सुझाव सल्लाह मागेकी थिइन् |

छलफलमा सहभागी दीपकज्योति पौडेलले नेपाली नागरिकले मात्र मताधिकार गर्न पाउने वर्तमान व्यवस्था रहेको उल्लेख गर्दै विदेशी नागरिकता लिइसकेका नेपालीलाई मतदानमा सहभागी गराउन पहिले नीतिगत व्यवस्था हुनुपर्ने राय व्यक्त गरेका थिए |यसै गरी सहभागी बोधराज पौडेल,युवराज गुरुङ,जानकी गुरुङ,सिता सापकोटा र महेन्द्र थापाले पनि नीतिगत स्पष्टता हुनु पर्ने सुझाव दिएका थिए|सहभागी कतिपय  सदस्यहरुले नेपाली दूतावास नै राज्यको प्रतिनिधिमुलक निकाय भएकाले सबै प्रक्रियामा दूतावाससंग मिलेर एनआरएनले सहयोगीको भूमिका निर्वाह गर्नु उचित हुने बताए|उनीहरुले इन्टरनेट भोटिंग सहज  हुने लागी सल्लाह दिए|कार्यक्रममा नेपाली दूतावास बेल्जियमका मिनिस्टर काउन्सिलर कुमारराज खरेल समेत सहभागी थिए|

छलफलमा गैर आवासीय नेपाली संघ बेल्जियमको तर्फबाट अध्यक्ष प्रेम गुरुङले आयुक्त शर्मालाई ज्ञापनपत्र बुझाएका थिए | ज्ञापनमा विदेश बस्ने नेपालीलाई मताधिकारको उचित व्यवस्था हुनुपर्ने माग सहित मतदाता नामावली संकलन देखि अन्य आवश्यकीय कुराहरुमा एनआरएन बेल्जियम स्वयंसेवी भूमिका निर्वाह गर्न तयार रहेको उल्लेख गरीएको थियो | निर्वाचन आयोगलाई बुझाईएको ज्ञापनपत्र एनआरएन बेल्जियमका महासचिब माधब सापकोटाले पढेर सुनाएका थिए|

आयुक्त शर्मा बेलायतमा रहेका नेपालीहरु माझ राय संकलन गरी बेल्जियम आएकी थिइन|आगामी दुई महिना भित्र अध्यान प्रतिबेदन आयोग समक्ष बुझाईने छ|आयोगले फिलिपिन्स,थाईल्याण्ड र मलेसियाको अध्ययन भ्रमण गरी प्रतिवेदन तयार गरेको छ|

सन् १८६२ मा अमेरिकाले औपचारिक रुपमा विदेशबाट मतदान गर्ने प्रणालीको शुरुवात गरेको थियो|हाल बेलायत, अमेरिका,  अष्ट्रेलिया, क्यानडा, न्यूजिल्याण्ड, फिलिपिन्स, कोरिया, पाकिस्तान, थाइल्याण्ड, पोर्चुगल, डोमिकन रिपव्लिक, मोजाम्बिक, सेनेगल, अफगानिस्तान, होन्डुरस आदि देशका नागरिकलाई विदेशमा बसेर समेत मत हाल्न पाउने अधिकार छ |भारतले सक्कली राहदानी सहित कुटनीतिक नियोगमा गएर नाम दर्ता गर्न सक्ने व्यवस्था गरे पनि मतदान गर्ने अवसर प्रदान गरेको छैन |n2