बेल्जियममा लक्ष्मी जयन्तीको आयोजना

बेल्जियममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०६ औ जन्मजयन्ती मनाईने भएको छ | अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजनामा Laxmi-Prasad-Devkotaमनाउन लागिएको कार्यक्रम बेल्जियमको लुभेन स्थित ब्रुसेल्स स्ट्राट ७८ (DFC रेष्टुरेन्ट )मा यहि नोभेम्बर ९  आईतवार सम्पन्न हुदैछ|

दिनको ठिक २ बजेबाट शुरु हुने उक्त कार्यक्रमा बेल्जियम स्थित सम्पूर्ण साहित्यिक श्रष्टाहरुलाई उपस्थितिको लागी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले हार्दिक आव्हान समेत गरेको छ| कार्यक्रममा देवकोटा सम्वन्धि साहित्यिक रचनाहरु बाचन गरीने अनेसास बेल्जियमले जनाएको छ|