बेल्जियमका तमु (गुरुङ) समुदायले ‘तमु ल्होछार’ भव्य रुपमा मनाएका छन् । शुक्रवार साझ बेल्जियमको अन्त्वेर्पेंनमा जम्मा भएर प्रल्हो (बाँदर वर्ग) को बिदाइ र च्ह्या ल्हो (चरा वर्ग) लाइ स्वागत गर्दै ल्होछार मनाएका हुन् ।
हरेक वर्षको पुस १५ गते मनाइने तमु ल्होछारको अवसरमा गुरुङ जातिका सांस्कृतिक पहिचान झल्किने वेशभूषा, नाचगान प्रदर्शनी गरिनुका साथै खानाको समेत व्यवस्था गरिएको थियो । ‘शास्त्र हराए संस्कृति हराउँछ, संस्कृति हराए परम्परा हराउँछ,परम्परा हराए मान्छे (जाति) हराउँछ’ भन्ने नाराका साथ सम्पन्न भएको कार्यक्रममा बेल्जियमका विभिन्न शहरबाट थुप्रै नेपालीहरु जम्मा भएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि बेल्जियमका लागि नेपाली राजदूतले विविधतामा एकता नेपाली समाजको विशेषता भएको बताउदै यस्ता खाले कार्यक्रमले नेपालीहरुको सौहार्दता बढ्नुको साथै एक अर्का बिचको सम्मानले नेपाली समाजलाई बलियो बनाएको बताए ।
जीवन गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतमका साथै एनआरएन बेल्जियमका आइसीसी सदस्य जानकी गुरुङले शुभकामना दिएका थिए । ओम गुरुङद्वारा संचालन गरिएको कार्यक्रममा राम घलेले अतिथिहरुलाई स्वागत गरेका थिए भने चोकराज गुरुङले सहयोगीहरुलाई धन्यवाद दिएका थिए । त्यसै गरि गमबहादुर गुरुङले ल्होछारबारे जानकारी गराएका थिए । कार्यक्रममा स्थानीयहरूको समेत सहभागिता रहेको थियो ।
कार्यक्रममा स्थानीय कलाकारको साथै नेपालबाट आएका गायक एपी शेर्पाले नेपाली गीत गएर कार्यक्रमलाई थप मनोरन्जन प्रदान गरेका थिए । करिव डेढ दशक देखि गुरुङ समुदायको मौलिक पहिचान कायम राख्नको लागि विभिन्न गतिबिधि गर्दै आइरहेको तमु समाज बेल्जियमको आयोजनामा कार्यक्रम सम्पन्न भएको थियो ।