बेल्जियममा भानु जयन्ती मनाईने

10353568_320336141457188_5733479780978659473_nअन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमको आयोजना आदिकवि भानुभक्त आचार्यको द्वि-शतवार्षिकी कार्यक्रम बेल्जियमको लुभेनमा मनाईने भएको छ| नेपाल सरकारले आदिकवि भानुभक्त आचार्यको द्धीशत्वार्षिकी मनाउने निर्णय गरे अनुरुप बेल्जियममाभानु द्वि-शतवार्षिकी मनाउन लागिएको हो| कार्यक्रम लुभेन स्थित हिमालयन रेष्टुरेन्टमा यहि जुलाई १३ आईतवारका दिन सम्पन्न हुदैछ

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नको लागी नेपाल सरकार संस्कृति,पर्यटन तथा नागरिक उड्यन मन्त्रालय आदिकवि भानुभक्त द्विशत-वार्षिकी समारोह समितिका सदस्य बिमल गिरीको संयोजकत्वमा भानु द्विशत-वार्षिकी समारोह समिति समेत गठन गरीएको छ|Picture24

नेपाली भाषा र साहित्यको विकासमा अतुलनिय योगदान दिएका भानुभक्तको सम्मानमा साहित्यिक कार्यक्रमको साथ सम्पन्न हुन् लागेको उक्त कार्यक्रममा बेल्जियम स्थित सम्पूर्ण साहित्यिक स्रष्ट्राहरुलाई आ-आफ्ना रचना सहित सहभागी भै कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न अनेसास बेल्जियमले अनुरोध समेत गरेको छ |

यसै अवसरमा कवि बसन्त चौधरी बेल्जियम आउने भएका छन्|विश्व काव्य यात्राको क्रममा बेल्जियम आउन लागेका कवि चौधरीको काव्य यात्रा अन्तर्गत अनेसास बेल्जियमले उक्त दिन बसन्त काव्य गोष्ठीको समेत आयोजना गरेको छ|