आदिकवि भानुभक्त द्विशत-वार्षिकी समारोह समिति बेल्जियले आदिकवि भानुभक्त आचार्यको नेपाली भाषा र साहित्यको उत्थानमा रहेको अतुलनीय योगदानको स्मरण गर्दै द्विशत-वार्षिकी मनाएका छन्|आईतवार बेल्जियमको लुभेनमा सम्पन्न कार्यक्रममा उपस्थित श्रष्टाहरुले संस्कृत भाषाको प्रचलन रहेको तत्कालिन समयमा नेपाली भाषाको उत्थान गरी आम नेपालीहरु माझ पुर्याउने अतुलनीय योगदानको चर्चा गर्दै भाषिक एकीकरणमा समेत उहाको महत्वपूर्ण भूमिका रहेको बताए|
कार्यक्रममा उपस्थित प्रायजसो स्रष्टाहरुले आदिकवि कै साहित्यिक योगदान र जीवनी बिषयमा आफ्ना रचना सुनाउदै कार्यक्रमलाई भानुमय बनाएका थिए |स्रष्टाहरुले कविता,मुक्तक र गजल सुनाएका थिए|कवयित्री सिता सापकोटाले शुरु मै रामायणका श्लोक वाचन गरीन |यसै गरी बिष्णु सापकोटा,ईन्द्र क्षेत्री पकवान,सूर्य प्रसाद ढकाल,राजकुमार पुडासैनी,जानकी गुरुङ,प्रेम पाठक शिव कुमार बरुवाल,यशोदा थापा र मोहन खत्रीले भानुभक्त सम्वन्धि कविता वाचन गरे|नेपालबाट विश्व साईकल यात्राको क्रममा बेल्जियम आईपुगेका विरेश दाहालले पनि आफ्नो रचना सुनाए|
अन्य स्रष्टाहरु दिपेन्द्र के.सी,दीपकज्योति पौडेल र परमानन्द सापकोटाले नेपालको वर्तमान राजनैतिक अवस्थालाई व्यंग्यात्मक रुपमा प्रस्तुत गरे भने बिमल गिरीले मुक्तक र ईन्द्र क्षेत्री पकवानले गजल सुनाए|यसै गरी माधव सापकोटाले नेपालको भौगोलिक सुन्दरतालाई कविता मार्फत वर्णन गरे |
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नेपाली दूतावास बेल्जियमका प्रथम सचिव कुमारराज खरेलले भाषा,साहित्य र संस्कृति देशको प्राण भएको उल्लेख गर्दै भाषा बिना संस्कृति पनि हराएर जाने हुदा प्रवासमा रहेका सबै नेपालीहरुमाझ भानु जयन्ती भावनात्मक एकता कायम गर्नमा सफल रहने विश्वास व्यक्त गरे|अर्का बक्ता एनआरएन बेल्जियमका अध्यक्ष प्रेम गुरुङले संसारका जुनसुकै कुनामा रहे पनि आफ्नो पनमा रमाउन भाषा नै आवश्यक हुने हुनाले एनआरएनले नेपाली भाषा र साहित्यको प्रवर्द्धनमा सक्रिय हुनु पर्ने विचार व्यक्त गरे|
अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र के.सीको अध्यक्षतामा सम्पन्न कार्यक्रमका द्विशत-वार्षिकी समारोह समितिका संयोजक बिमल गीरीले नेपाल सरकारले आफुलाई द्विशत-वार्षिकी कार्यक्रम मनाउन जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै सहभागी सबैप्रति धन्यवाद ज्ञापन गरे|दीपकज्योति पौडेलद्वारा संचालित कार्यक्रममा दीपेन्द्र केसीले भानुभक्तको चिनारी पत्र प्रस्तुत गरेका थिए भने राजकुमार पुडासैनीले स्वागत मन्तव्य राखेका थिए|
कार्यक्रममा नेपाली दूतावास बेल्जियमका लक्ष्मण खनाल,बेल्जियम स्थित थुप्रै संघ सस्थाका प्रतिनिधिका साथै नेपाल देखि युरोप यात्राको क्रममा रहेका चलचित्र निर्माता यादव भट्टराई,साइकल यात्री वरुण अधिकारी र वजेन्द्र महरा र एनआरएन बेलायत महिला संयोजक वविता लामा समेत भानु जयन्तीमा सहभागी भएका थिए|
बेल्जियममा प्राय: कार्यक्रमहरु समसामयिक बिषय र राजनीतिक घटनाका बारेमा निकै लामो र पट्यारलाग्दा हुने भन्ने गुनासो सुनिने गरेकोमा यस पटक भने उक्त बिषयमा कुनै पनि चर्चा परिचर्चा बिना साहित्यमय हुदै सम्पन्न भएको सहभागीहरुले बताए| –फोटो /नवराज थापा