युरोपमा रहेका नेपाली युवाहरुमा फूटबल प्रतिको रुची बढ्दै गएको बेला चहलपहल युवा समुह बेल्जियमले बेल्जियममा युरोप स्तरीय ‘दोश्रो चहलपहल कप’ फुटबल प्रतियोगिताको आयोजना गरेको छ| प्रतियोगिता यहि अक्टोवर २६ मा लुभेन हेभर्लीस्थित सपोर्टकोर्टमा सम्पन्न हुदैछ| प्रतियोगितामा युरोपेली मुलुकमा रहेका नेपाली युवा फुटबल टोलिहरुले भाग लिदैछन|
चहलपहल कपका प्रथम,द्वितीय र तृतीय टोलीलाई क्रमशः ८००,५०० र ३०० युरो सहित ट्रफी प्रदान गरीने छ| प्रतियोगितामा भाग लिने टोलीको लागी प्रवेश शुल्क १५० रहेको छ| प्रतियोगितामा बेल्जियम,नेदरल्याण्ड र लक्जेम्बर्गका नेपाली फुटबल टोलि सहभागी हुने जानकारी गराउदै अन्य देशहरु फ्रान्स,पोर्तुगल,बेलायत र जर्मनीबाट पनि सहभागिता रहन सक्ने प्रकाश केसीले जानकारी गराएका छन|
प्रतियोगिताको उद्घाटन समारोह बिहान १० बजे,प्रतियोगिताको शुरु १०.३० बजे, फाईनल ५ बजे, पुरस्कार वितरण ५.४५ र समापन ६.१५ मा हुनेछ|
मनोरन्जन, शारिरिक तथा बौद्धिक विकासका साथै साथीभाइबिच मैत्री संम्बन्ध बढाउनको निम्ति आयोजना गरीएको यस प्रतियोगिता सम्पन्न गर्न बिगतमा जस्तै बेल्जियम स्थित सम्पूर्ण नेपालीहरुको सहयोग रहने केसीले आशा राखेका छन|
प्रथम ‘प्रथम चहलपहल कप’ फूटबल प्रतियोगिता २०१३ को सेप्टेम्बरमा लुभेनमा सम्पन्न भएको थियो| जसमा बेल्जियम,नेदरल्याण्ड र लक्जेम्बर्गबाट नेपाली फुटबल टोलीले सहभागिता जनाएका थिए|