‘रक्तदान गरौ जीवन बचाउ ‘ भन्ने नाराका साथ बेल्जियममा रहेका नेपालीहरुले सोमवार बेल्जियमको लुभेनस्थित रक्त केन्द्रमा रक्तदान गरेका छन |
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली काग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको ३२ औ स्मृति दिवसका अवसरमा बिपी प्रतिष्ठान बेल्जियमले कार्यक्रमको आयोजना गरेको थियो|
बिपी प्रतिष्ठान बेल्जियमले बिगत तिन बर्ष देखि बिपी स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रमको साथै बिपी चिन्तन सम्वन्धि कार्यक्रम गर्दै आईरहेको छ| ‘बिरामी बचाउनको लागी आफ्नो अमुल्य रगत दिन पाउदा खुशी भएका छौ|’बिपी प्रतिष्ठान बेल्जियमकी सचिव सीता सापकोटाले बताईन|
विपी कोइरालाको जन्म शताव्दीको अवसरमा नेपाली काँग्रेसले साउन ६ गते देखि भाद्र २४ सम्म देशभर विभिन्न कार्यक्रमको आयोजना गरी विपी स्मृति दिवस मनाउदैछ |कोइरालाको बि.स २०३९ साउन ६ गते निधन भएको थियो| यहि साउन ६ गतेलाई विपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन छ |बिसं १९७१ भदौ २४ मा जन्मिएका बीपीको यो बर्ष जन्म शताब्दी पनि हो|