बेल्जियममा जिहादीलाई १२ बर्ष जेल र तिस हजार जरिवाना

अन्त्वेर्पेंनको अदालतले सिरियाली आतंककारी गतिविधिमा संलग्न भएको अभियोगमा एक जनालाई १२ बर्षको जेल र ३० हजार युरो जरिवाना सुनाएको छ। उक्त व्यक्ति इस्लामिक समुह आइएस संग मिलेर युद्व लड्न सिरिया गएको जनाइएको छ। यहि फेब्रुअरीमा सिरिया फर बेल्जियम नामक जाचमा १५ बर्षको कैद सुनाइएको थियो। त्यस समय अभियोगिको अनुपस्थितिमा उक्त फैसला लिएको थियो।
उक्त ब्याक्तिले सिरिया छोडेको तर युरोप मै रहेको भन्ने ज्ञात छैन। बेल्जियमको समाचारमा जनाइएको छ।