बेल्जियमको सांस्कृतिक कार्यक्रममा बाढीपहिरो

आकाश बादलिएको थियो । नदीको भेल उर्लेर आयो । किनारमा रहेका घरहरु गर्ल्याम गुर्लुम ढले । मानिसहरु चउरमा जम्मा भएर रुन कराउन थाले । सैनिक हेलिकप्टर आईपुग्यो ।प्रधानमन्त्री फुत्त निस्किए, र अवलोकन गरे ।
culture program leuvenयी दृश्यहरु काल्पनिक थिएनन । केहि समय अगाडी नेपालमा भएको वास्तबिकता थियो । जसलाई बेल्जियमको साँस्कृतिक कार्यक्रममा पर्दा मार्फत देखाईएको थियो । यिनै दृश्य हेरेर टोलाईरहेका दर्शक सामु `कति राम्रो थियो नि नगर,एकै छिनमा भैदियो बगर` लोक गायक बलराम पुनले लोकलयमा सहयोगको बिन्ति बिसाए । दर्शकहरु एकैछिनमा टोलाए । टोलाई रहेका दर्शक माझ हातमा बत्ति लिएर मन्चमा देखा परिन्- नायिका नन्दिता केसी । ‘माईतीघर…,`गीतमा छमछमी नाचिन र दर्शकलाई पनि सँगैसंगै नचाईन ।

फोटो- नरेश कार्की
फोटो- नरेश कार्की
उनी `उध्रेको चोली छ है……` गीतमा के नाच्दै थिईन एक जना दर्शक उनी सँगै नाच्न मन्चमा पुगीहाले । ताली पर्रासँगै हाँसोले हल गुन्जियो । उनी एक्लै थिइनन, साथमा अर्की नायिका गरिमा पन्त पनि सँगै थिइन । नायिकाद्वयले `लौ हेर मेरो अंग अंग नाचेको..`,`सानु माया..`,`सान्नानी तिमीलाई….लठ्ठीले टक्क टक्क टक्क`,`रेली खोला बगर…`लगायत लोक आधुनिक,पप,हिपहप र रिमिक्सको साथै तिजको नृत्य प्रस्तुत गर्दै दर्शकलाई मनोरन्जन दिलाएका थिए ।
कार्यक्रममा गायिका रिमा गुरुङ्गले `हाँसेर बोल्दैमा के पो जान्छ र?`,कसको आखा..मेरो खुशीमा`,लगी दे…`,घामपानी..`लगायत अन्य गीत गाएर मनोरन्जन दिलाईन । उनीसँग गायक मिग्मा शेर्पा पनि सँगै थिए । उनले `हुदैन रेलीमै…`गित गाउदै आफू मात्र नाचेनन दर्शकलाई पनि खुबै नचाए । उनीहरुले थुप्रै लोक, पप, आधुनिक गीत गाएर दर्शकलाई मनोरन्जन दिलाए । कार्यक्रमको बीच बिचमा नृत्य र गीत प्रस्तुत गरिएको थियो । कार्यक्रममा स्थानीय कलाकारहरु अर्जुन शाही, निकिता सापकोटा, मोनालिसा पोखरेल, जेनी कुवर, जेनी गुरुङले गीत र नृत्य प्रस्तुत गरेका थिए ।
culture program leuven2कार्यक्रम बाढीपिडितको सहयोगको लागि युरो नेपाल कलाकार सँघ बेल्जियमको आयोजनामा गत शनिवार लुभेनमा सम्पन्न भएको थियो । राजदूत राममणि पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संचालन जिम्मी गुरुङ, सोनिया महर्जन र बलराम पुनले गरेका थिए । बाढीपीडितको सहयोगको लागि करिब एक महिने सांगितिक यात्रामा निस्केका कलाकार रीमा गुरुङ, गरिमा पन्त, नन्दिता केसी र मिंग्मा शेर्पाको उपस्थितिमा बेल्जियमको ब्रसेल्स, अन्त्वेर्पेन, ब्रुगेका साथै जर्मनी, पोर्तुगल, लक्जेम्बर्ग लगायत अन्य युरोपियन मुलुकमा पनि सांस्कृतिक कार्यक्रमको आयोजना गरिने कलाकार बासु खड्काले जनाएका छन् ।
– दीपक