बेल्जियमको सवारीसाधनमा भाडादर बृद्वी

बेल्जियममा हरेका महिना मानिसको जीवनमा प्रभाव पार्ने नयाँ नियम लागु गरीदै आएको छ| बेल्जियमको भ्लान्दर क्षेत्रमाde lijn चल्ने सार्वजनिक सवारीसाधन द लेईनले आफ्नो भाडादरमा बृद्वी गरेको छ| फेब्रुअरी १ बाट लागु हुने गरी जारी गरीएको नियम अन्तर्गत ५ बर्ष भन्दा कम उमेरका बालबालिका, युद्व अनुभवी र शारीरिक असक्तहरुका लागी द लेईन कम्पनि अन्तर्गतका बस र ट्राममा निशुल्क सेवा प्रदान गरीनेछ| पेन्सन प्राप्त ब्याक्तिहरुका लागी बार्षिक टिकटको लागी ५० युरो तोकिएको छ| यसै गरी ब्रुस्सेल महानगरीय क्षेत्रमा चल्ने MIVB कम्पनीले यस अघि नै पेन्सन प्राप्त ब्याक्तिको लागी बार्षिक टिकटको लागी ६० युरो तोकेको थियो|

द लेईन कम्पनिले यस अघि लागु गरेको निश्चित क्षेत्रको आधारलाई हटाएर समयको आधारमा टिकटदर तोक्ने भएको छ| यस कम्पनि अन्तर्गतका  बस र ट्राममा १ घन्टाको लागी यात्रा गर्दा ३ युरो तिर्नु पर्नेछ भने निश्चित क्षेत्रको लागी १ घन्टा समयको लागी १० पटक सम्म प्रयोग गर्न सकिने १० युरोमा  खरिद गरीदै आएको टिकटको मुल्य बढाएर १४ बनाईएको छ | यसै गरी एक जनाको लागी मोबाईल एसएमएस माध्यमबाट भुक्तान गरीदै आएको एक  युरो पैचालिस सेन्टलाई बढाएर एक युरो पन्चानब्बे सेन्ट बनाईएको छ|

मूल्य बृद्वीका हिसाबले दैनिक जसो सेवा लिने यात्रुको लागी भने बार्षिक टिकट नै सस्तो पर्ने देखिन्छ| जस अन्तर्गत १२ देखि २४ बर्ष सम्म (बुजी पास) को लागी १९५ युरो, २४ देखि ६५ बर्ष सम्म(ओम्नी पास) को लागी २४९ बाट बढाएर २९४ युरो बनाईएको छ भने ६ देखि ११ बर्ष सम्मको लागी ५० युरो तोकिएको छ|

सन् १९९१ देखि सेवा शुरु गरेको यस कम्पनी मार्फत ३६५० बस र  ३५९ ट्राम संचालित छन्|