बेल्जियमको लोकप्रीय च्यानलमा नेपाली वृत्तचित्र

नेपालको सांस्कृतिक बिबिधता र प्राकृतिक सुन्दरताको वर्णनले भरिएको बृत्तचित्र बेल्जियमको सरकारी टि. भि भ्लान्दरन रेडियो एण्ड टेलिभिजन (VRT)को च्यानल ‘EEN’ (एक)बाट गत अगस्त ३१ शनिवारदेखि प्रसारण गरिँदै छ । वृत्तचित्र यहि सेप्टेम्बर १४ सम्म प्रत्येक हप्ता शनिवार बेलुका ६.१० र आईतवार ५.१५ बजेबाट प्रसारण हुन्छ ।

vlav_130907_nepal2_640वृतचित्रमा नेपालको कला,संस्कृतिको साथै काठमाण्डौ, भक्तपुर, पोखरा, चितवन र अन्नपूर्ण क्षेत्र लगायत अन्य एतिहासिक तथा पर्यटकीय स्थलहरुको सुन्दर बर्णन गरिएको छ| वृतचित्र गत मार्चमा निर्माण गरिएको थियो| बेल्जियमको गेन्टमा यहि सेप्टेम्वर १४ देखि २२ सम्म संचालन हुने अन्तर्राष्ट्रिय ट्रेड फेयर “Accenta Fair 2013”को अवसर पारेर प्रसारण गरिएको हो| उक्त मेलामा ‘विशिष्ट अथिति राष्ट्र’को रुपमा नेपाल सहभागी हुदैछ|नेपालको पर्यटन प्रबर्द्वनमा यसले ठूलो सहयोग मिल्ने ट्रेड फेयरका नेपाली संयोजक अर्जुनकुमार श्रेष्ठले बताएका छन्|

नेपाललाई पर्यटकीय गन्तब्य स्थल बनाउनको लागी नेपाली दूतावास बेल्जियमका राजदूत राममणि पोखरेलको पहलमा नेपाल सरकारका अनर कन्सुलर रोजर द ग्रुनले गैरआवासीय नेपाली संघ र VRT टेलिभिजनसँग समन्वयन गरि उक्त कार्य गरेका थिए | भिआरटि बेल्जियमको डचभाषी सरकारी टेलिभिजन हो| यो बेल्जियम र नेदरल्याण्डमा लोकप्रिय छ|भिआरटि ले आफ्नो लोकप्रीय च्यानल “een” (एक) मार्फत बेल्जियमभन्दा बाहिरी देशका प्राकृतिक सुन्दरता, ऐतिहासिक तथा सांकृतिक बिबिधता सम्वन्धि डकुमेन्ट्रीहरु निर्माण गरि प्रसारण गर्ने गर्दछ|
भ्लान्दारन भ्याकेन्सील्याण्ड कार्यक्रमको लागि भिआरटिले यो बृतचित्र निर्माण गरेको हो| यसअघि, गत वर्ष ईन्डोनेसियाको भ्रमण गरि चार वटा डकुमेन्ट्री प्रसारण गरेको थियो ।
– दीपकज्योति पौडेल