बेल्जियमका नेपाली व्यवसायीहरूलाई सस्तो सँगीत रोयाल्टीको अवसर

eskeepबेल्जियमका व्यवसायीहरूले सँगीत प्रयोगका निम्ति महङ्गो रोयाल्टी तिर्नुपर्छ । यस्तो खर्च घटाउनका निम्ति नेपाली व्यवसायी सँघ बेल्जियमले प्रयास थालेको छ । सँगीत रोयाल्टी सँकलन गर्ने परम्परागत कम्पनी सागमको शुल्कभन्दा आधाभन्दा कम शुल्कमा सेवा दिन तयार अर्को कम्पनीसँग व्यवसायी सँघ बेल्जियमले नेगोसिएसन गरेको हो । फलस्वरूप, Eskeep नामको सो कम्पनीले वार्षिक २२५ युरोमा सेवा दिने भएको छ ।
Eskeep का प्रतिनिधि पास्कल स्तानदार्तसँग भएको वार्तामा सो सहमति बनेको हो । सस्तोमा सँगीत रोयाल्टीको सुविधा लिन चाहने नेपाली व्यवसायीहरूले सँघका निवर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, अध्यक्ष हरी थपलिया वा महासचिव लोक दाहालसँग सम्पर्क गर्न सँघले आव्हान गरेको छ ।