बेल्जियन सँस्थाले नेपाल फेस्टिवलको आयोजना गर्ने

बेल्जियमस्थित थुप्रै नेपाली संघ-संस्थाहरुले सहयोग गर्ने

नेपालका असहाय,अनाथ तथा सडक बालबालिकाको शिक्षा,स्वास्थ्य र आवासमा सहयोग गर्दै आईरहेको शुखी होम बेल्जियमले यहि डिसेम्वर २२ आईतवार बेल्जियमको केसेल-लो लुभेनमा एक दिने नेपाल फेस्टिबलको आयोजना गर्दैछ|मेला दिनको ठिक १२ बजेदेखि साँझ ६ सम्म Martelarenlaan 313, 3010 kessel-Lo स्थित De Ark स्कुलमा सम्पन्न हुँदैछ|

बालबालिका माझ सुखी होमकी क्याथरिन मेईस
बालबालिका माझ सुखी होमकी क्याथरिन मेईस
सन् १९९५ देखि सांग्रिला होम बेल्जियमले नेपालका बिभिन्न ठाउका ८० जना बालबालिकालाई संरक्षणमा लिएर उनीहरुको शिक्षा,स्वास्थ्यमा सहयोग गरिरहेको छ |हाल काठमाडौंको आरुबारी बौद्वमा रहेका तिनै बालबालिकाको निम्ति आधुनिक सुबिधा सम्पन्न भवन निर्माणको निम्ति सहयोग जुटाउने उद्वेश्यले शुखी होम बेल्जियमले नेपाल फेस्टिबलको आयोजना गरेको हो| ’नेपाली बालबालिकाको लागी भवन निर्माण सहयोगार्थ आयोजना गरिएको उक्त मेलामा बेल्जियम स्थित सम्पूर्ण नेपालीहरु सहभागी हुने आशा लिएको छौ’ मेला आयोजक तथा सस्थाकी अध्यक्ष क्याथरिन मेईस जनाईन|
sukhi home programपरोपकारी कार्यका लागी आयोजित उक्त मेला सफल पार्न बेल्जियमस्थित नेपाली सामाजिक संस्थाहरु एनआरएन,युरो-नेपाल कलाकार संघ,क्षेत्री समाज ,सांग्रिला समाज,इन्द्र धनुष क्लव,हेल्प नेपाल नेटवर्क,चितवन सहायता कोष लगायत एभरेष्ट रेष्टुरेन्ट ओस्तन्ते, एभरेष्ठ हाउस लुभेन,नेपाली हाउस आर्सकोट,नमस्ते तन्दुरीकिचन लुभेन,न्यु होलीकाउ लुभेन र हिमालय रेष्टुरेन्ट लुभेनले सहयोग गर्ने भएका छन्|
त्यसै गरी बेल्जियम स्थित KBC Bank,ARGENTA,BEKIUS ले समेत सहयोग गर्ने भएका छन|मेलामा नेपाली तयारी पोशाक,खाना प्रदर्शनीका साथै बिक्रि वितरण समेत गरिनेछ|मेला अवधिभर युरोनेपाल कलाकार संघले नेपाली गीत,नृत्य प्रदर्शन गर्ने भएको छ|
शुखी होमले यस भन्दा अगाडी बेल्जियमको वेस्तरलो र हासल्टमा नेपाल मेलाको आयोजना गरि बेल्जियन नागरिकलाई अभियानबारे जानकारी गराएको थियो| करोड रुपैयाँ लाग्ने अनुमान गरिएको उक्त आयोजनाको निम्ति सँस्थाले ‘१ युरो-१ ईटा’ भन्ने भावले बेल्जियन तथा अन्य नागरिकहरुबाट सहयोग जुटाउन सक्रिय रहेको छ|