बेल्जियन रेलमा ब्यापक प्रहरी कन्ट्रोल

Belgium-railआन्ट्वर्प-गेन्ट रूटको रेल लाइनमा हिजो सोमबार ब्यापक प्रहरी कन्ट्रोल भएको कुरा बेल्जियन पत्रिकाहरूले जनाएका छन् । बाह्र रेलका ३२१७ यात्रीहरुको परिचय पत्र परीक्षण गरिएकोमा एघार जना बिना कागजका (इलेगल) ब्यक्तीहरू भेटीएको प्रहरीले बताएको छ ।

त्यसमा अल्जेरिया, अफगानिस्तान, लाइबेरिया, काजाकिस्तान, क्यामरुन, कोसोभो र मङ्गोलिया का नागरिक रहेका छन् । तिनमध्ये केहीलाइ देश छाड्ने आदेश-पत्र दिएर छोडिएको छ भने केहीलाइ क्लोज-क्याम्पमा लगेर थुनिएको छ, जसलाइ पछि डिपोर्टका लागि प्रयास हुनेछ । त्यस्तै। एक जना प्रहरीबाट भगौडा ब्यक्ती पनि समातिएको छ ।

यस्तो प्रकारको कन्ट्रोल भविष्यमा अन्य रूटहरूका पनि गरिने बेल्जियन अध्यागमन र प्रहरीले बताएका छन् ।