कुनै बेला नेपाली राजपरिवारमा गद्दीका दोस्रो उत्तराधिकारी थिए ज्ञानेन्द्रका नाती र पारसका छोरा – हृदयेन्द्र । ज्ञानेन्द्रको विरूद्धमा जनमत र पारस बदनाम हुँदा ‘बेबी किङ’ का रुपमा खुब चर्चा पाएका थिए हृदेयेन्द्र शाहले । राजनीतिको एक बिन्दूमा गिरिजाले हृदयेन्द्रलाइ ‘बेबी किङ’ बनाएर राजतन्त्र जोगाउन सकिनेसम्मको विचार व्यक्त गरेका थिए । ज्ञानेन्द्रले सो अफर मानेनन्, र अन्ततः नेपालमा राजतन्त्रको अन्त भयो ।
‘बेबी किङ’ का रुपमा खुब चर्चा पाएका ह्रदेयेन्द्र शाहको यो नयाँ फोटो पहिलो पटक आमा हिमानी शाहले आफ्नो फेसबुक पेजमार्फत मंगलबार राती सार्वजनिक गरेकी हुन् । ११ वर्षिय ह्रदयेन्द्रको बुवा तथा पूर्व युवराज पारस शाह यतिबेला थाइल्यान्डमा बस्तै आएका छन् । परिवारिक कलहका कारण ह्रदयेन्द्र सानैदेखि आमासंगै बसिरहेका छन् ।