बुद्धिमान जनावरहरु

मानिस पृथ्वीको सर्वश्रेष्ठ प्राणी हो, तर मानिस बाहेकका अन्य जीव पनि बौद्धिक क्षमता भएका छन् । केही त्यस्ता जनावर जसले बौद्धिक क्षमताका कारण जनावर मध्ये पनि आफूलाई अग्रणी बनाएका छन् । जसमध्ये केही उत्कृष्ट जनावरहरु यस्ता छन् :

१. चिम्पाञ्जी
चिम्पाञ्जी जनावर मध्ये सबभन्दा बौद्धिक मानिन्छ । यसलाई मानिस जातीकै एक प्रजातीको रुपमा लिइन्छ । वैज्ञानिकका अनुसार छ मिलियन वर्ष अघि मानिस र चिम्पाञ्जी एउटै थिए । यसको मस्तिस्कको बनोट मानिसको जस्तै हुन्छ, त्यतिमात्रै कहाँ हो र यसको डिएनए पनि मानिससँग मिल्दो हुन्छ ।
चिम्पाञ्जीहरु संकेत र मानिसका भाषामा पनि जानकारी राख्ने गर्दछन् । वाक्य संरचना, संख्या र संख्यात्मक अनुक्रमबारे पनि चिम्पाञ्जीको ज्ञान हुन्छ । उनीहरु भविष्यको स्पष्ट योजना पनि बनाउने गर्दछन् । चिम्पाञ्जीले ढुंगा र लाठीलाई हतियारको रुपमा प्रयोग गर्छन । जनावरहरुले अन्य समाग्रीलाई हतियारको रुपमा प्रयोग गरेको विरलै पाइन्छ ।
२. डल्फिन
जलप्राणी डल्फिन बढिमा ४० किलो तौल सम्मको हुन्छ । यो पानीमा पाइने मध्ये सबैभन्दा बौद्धिक प्राणी हो । यो एक सामाजिक प्राणी पनि हो । एक समुहमा दर्जन बढि डल्फिन हुन्छन् । एकअर्कामा सूचना आदानप्रदान गर्न विभिन्न संकेतका साथै डल्फिनले सिटी पनि बचाउँछ । समूहका सदस्य विरामी भएमा उपचार पनि डल्फिन आफैले गर्छन ।
सन् २००५ मा हिन्द र प्रशान्त महासागरको सिमानामा केही बच्चा डल्फिनलाई उनीहरुका अग्रजले आफूले प्रयोग गर्ने सामान बारे पढाएको भेटिएको थियो । अनि अर्को कुरा ज्ञान आमाबाट छोरी र बाबुबाट छोरीमा बढि सर्ने गरेको वैज्ञानिकको दावी छ ।
३. हात्ती
जनावर मध्ये हात्ती तेस्रो बौद्धिक प्राणी हो । आत्म–चिन्तन गर्न सक्ने क्षमता हात्तीमा हुन्छ । भने चोट वा दुःख र खुसीलाई अनुभूति मार्फत हात्तीले व्यक्त पनि गर्दछ । मानिसले पालेका हात्तीले आदेशलाई पालना गर्नु पनि बौद्धिक क्षमताकै कारण हो ।
ठूला–ठूला क्षेत्रफल भएका जंगलमा पनि हात्ती एक ठाउँबाट अर्को ठाउँमा सजिलै आवतजावत गर्न सक्छ । वैज्ञानिकका अनुसार हात्तीले नक्सा(स्थान) बारे झट्ट विर्सदैन । कुनै ठाउँमा आफूलाई मनपर्ने खानेकुरा हात्तीले भेट्यो भने त्यस ठाउँमा ऊ वर्षौ पछि पनि त्यही खानेकुराको खोजिमा फर्कन सक्छ । रिसाह प्रवृतिको हुने भएकोले मानिसका लागि हात्ती खतरनाक मानिन्छ किनभने हात्तीले लक्ष्य गरेका मानिस विरलै बाँच्न सक्छन् ।