बिरालाको दिसाबाट क्यान्सरको खोप

विश्वमा बिभिन्न खालका क्यान्सर रोगको कारण बर्षेनी लाखौ मानिसले ज्यान गुमाउदै आएका छन् |यस उपचारको क्रममा दिनरात प्रयत्न र धेरै धनराशी खर्च भैरहेको छ| यसै क्रममा बैज्ञानिकहरुले बिरालोको दिसालाई अध्ययन गर्न शुरु गरेका छन्|विशेष गरी बिरालोको दिसामा पाइने परजीवी टक्सोप्लाज्मा गोन्डाईको प्रयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरिएको छ |

तातो रगत भएका कुनै पनि पशुको आन्द्रामा एक कोषिय परजीवी टक्सोप्लाज्मा गोन्डाई बस्छ तर बिरालोको आन्द्रामा यसले तुलनात्मक रूपमा अनुकुल वातावरण पाउँछ |यस परजीवीबाट हामी सङ्क्रमिक हुन सक्छौँ |  राम्रोसँग नपकाइएको खाना खाएमा, प्रदुषित मासु र पानी तथा बिरालोको दिसाको सम्पर्कमा आउँदा टक्सोप्लाज्मा गोन्डाईले हामीलाई सङ्क्रमित गर्ने खतरा रहन्छ |
टक्सोप्लाज्मा गोन्डाईका कारण टक्सोप्लाज्मोसिस रोग लाग्छ |यस रोगले रुघाखोकी जस्तो लक्षण देखाउनुका साथै मांसपेशी दुख्ने र चिलाउने गर्छ |कमजोर प्रतिरक्षा प्रणाली भएका मानिसमा यस रोगले मस्तिष्क, आँखा वा अङ्गहरूमा क्षति पुर्याउने सम्भावना रहन्छ तर टक्सोप्लाज्मा गोन्डाईबाट सङ्क्रमति धेरै जसो मानिसले रोगको अनुभव गर्दैनन् |

जर्मनीको हानोभरमा रहेको डर्टमाउथ कलेजअन्तर्गतको जेसल स्कुल अफ मेडिसिनका बार्बरा फक्स र डेभिड जे बेकको टोलीले टक्सोप्लाज्मा गोन्डाईमा हुने क्यान्सर विरोधी गुणको उपयोग गरी क्यान्सरको खोप बनाउने प्रयास गरेको छ |अनुसन्धान टोलीका अनुसार टक्सोप्लाज्मा गोन्डाईले मानव शरीरमा प्रवेश गरेपछि प्रतिउत्तरमा क्यान्सरसँग लड्ने साइटोटक्सिक टीलगायतका कोषहरू उत्पादन हुने गर्छन् |क्यान्सरले शरीरको प्रतिरक्षा प्रणालीलाई बेकम्मा बनाउने तर टक्सोप्लाज्मा गोन्डाईले त्यसलाई पुनः सक्रिय हुन सहयोग गर्ने अनुसन्धान टोलीको भनाई छ |
हाम्रो शरीरमा टक्सोप्लाज्मा गोन्डाईले वृद्धिका लागि आफ्नो प्रतिरुप फटाफट तयार पार्ने भएकाले यसलाई सामान्य अवस्थामा क्यान्सर रोगीमा प्रवेश गराउनु खतरनाक हुने जानकारी दिँदै अनुसन्धान टोलीले परजीवीको कोषमा उत्परिवर्तन (म्युटेसन)गरी नियन्त्रित रूपमा प्रयोग गर्न सकिने बताइएको छ |यसका लागि अनुसन्धान टोलीले टक्सोप्लाज्मा गोन्डाईको उत्परिवर्तित स्वरूप सीपीएस बनाएको छ |सीपीएसले स्वतः आफ्नो प्रतिरुप बनाएर वृद्धि हुन सक्दैन |यस अवस्थाको टक्सोप्लाज्मा गोन्डाईलाई क्यान्सरको खोप बनाउँदा सुरक्षित हुने सो टोलीको भनाइ छ |

अनुसन्धानकर्ता बेक भन्छन् –आक्रामक क्यान्सर तेज गतिमा चलायमान रेल जस्तै हुन्छ, सीपीएस सक्षम भए पनि निकै शक्तिशाली छ, यसले त्यस्तो रेलको गति रोक्छ र क्यान्सर पूर्णतया सफा नहुञ्जेलसम्म त्यसलाई च्यापेर राख्छ |

मुसामा सीपीएसको परीक्षण गरिएको छ |खतरनाक क्यान्सर मेलानोमा र डिम्बासयको क्यान्सरको उपचारमा यसको प्रयोग गरिँदा मुसामा बाँच्ने दर उच्च पाइएको थियो |एजेन्सी