बाढीपीडितलाई सहयोग जुटाउन नन्दिता केसी, गरिमा पन्त, रिमा गुरुङ र मिन्गा शेर्पा युरोप आउने भएका छन् । गत महिना महाकाली नदीको बाढीबाट पिडित परिवारलाई सहयोग जुटाउने उद्वेश्यले उनीहरु युरोप यात्रामा आउने भएका हुन् ।

करिब एक महिने कार्यक्रम लिएर युरोप आउदै गरेका उनीहरुको लागि पहिलो कार्यक्रम भने बेल्जियममा तय भै सकेको छ । युरो नेपाल कलाकार संघ बेल्जियमले यहि अगस्त ३ तारिख बेल्जियमको लुभेनमा एक कार्यक्रमको आयोजना गरेको छ ।
अन्य युरोपियन देशहरुमा पनि कार्यक्रम आयोजना गरिने पक्का भएको संघका महासचिब जिम्मी गुरुङ्गले जानकारी गराएका छन् । उनीहरु यहि जुलाइ ३० मा युरोप आउँदै छन् ।