कविता

य़ता पनि काम छ
उता पनि काम छ
जानु पर्ने धेरै ठाम् छन्
बाटो मेरो जाम छ ।
उमेरले सियो बोकी
घोच्न थालिसक्यो
बाध्यताले हरेस चरेस
कोच्न थालिसक्यो
राती जागुँ आँखा मेरा
खुल्न खोज्ने हैनन्
दिउँसो हिँडु, आकाशमा
डल्लै चर्को घाम छ
मैले गर्ने काममा खै
के छ,
अरुको मा दाम छ
जानु पर्ने धेरै ठाम् छन्
बाटो मेरो जाम छ ।।
‘राजन कठेत’ को ब्लगबाट