बाग्लुङ समाज बेल्जियमको अध्यक्षमा पौडेल, राहत कोषको स्थापना

बाग्लुङ समाज बेल्जियमको अध्यक्षमा देबेन्द्र शर्मा पौडेल निवाचित भएका छन्|समाजको सोमबार ब्रुजमा सम्पन्न दोश्रो अधिवेशनले उनलाई अध्यक्षमा निर्वाचित गरेको हो|आगामी २ बर्षे कार्यकालको लागी उपाध्यक्षमा मोहन पन्त र दिप कुवर, महासचिव कृष्ण श्रेष्ठ,कोषाध्यक्ष संजय राजभण्डारी सदस्यहरुमा दुर्गा सापकोटा,परमानन्द सापकोटा,राजेन्द्र घिमिरे,सुरेश महत,थमन काउजा,निरज शर्मा,धर्म पाठक,सरिता राजभण्डारी र दीपकज्योति पौडेल रहेका छन्|समाजमा १५ सदस्यीय कार्यसमीती रहने ब्यबस्था छ|

बागलुङ् समाज २०१३समाजले बेल्जियममा असहज स्थितिमा सहयोग गर्ने उद्देश्यले ‘राहत कोष’को स्थापना गरेको छ|हाल समाजका सदस्यद्वारा संकलित झन्डै एक हजार युरोबाट स्थापना गरेको कोषलाई सबैको सहयोगमा बढाउदै लैजाने नवनिर्वाचित अध्यक्ष पौडेलले जानकारी गराए|यसै बीच समाजले गंगाप्रसाद शर्मालाई सल्लाहकार मनोनयन गरेको छ|
बेल्जियम एनआरएन लगायत स्थित विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको उक्त अधिबेशनको लागी बिशेष अतिथिको रुपमा बाग्लुंग समाज बेलायतका अध्यक्ष धनबहादुर कुवर सहभागी थिए|उनले बाग्लुंग समाजलाई विश्वव्यापी बनाउदै सामुहिक रुपले परोपकारी कार्यहरुलाई अगाडी बढाउने आवश्यता रहेको बताए|
बागलुङ समाज२ २०१३

बागलुङ समाज३ २०१३
समाजका अध्यक्ष श्रीप्रसाद सापकोटाको अध्यक्षता र परमानन्द सापकोटाको संचालनमा सम्पन्न कार्यक्रमको ब्यबस्थापन श्रीप्रसाद सापकोटा,सुरेश महत,पुनम शर्मा,कृष्ण श्रेष्ठ,धर्म पाठक र राजेन्द्र शर्मा पौडेलले गरेका थिए|
– दीपकज्योति पौडेल