बाग्लुंग समाज बेल्जियमले चैते दशैँ मनाउने

बाग्लुंग समाज बेल्जियमले चैते दशैँ मनाउने भएको छ|बेल्जियमको लुभेन स्थित ओन्ज हाउसमा यहि अप्रिल ७ का दिन नया वर्ष २०७१ लाई स्वागत गर्दै चैते दशैँ मनाउन लागिएको समाजले जनाएको छ|समाजले उक्त शुभकामना आदानप्रदान कार्यक्रममा सबै नेपालीहरुलाई सहभागी हुन आग्रह समेत गरेको छ|

चैते दशैको अवसरमा बाग्लुंग कालिका भगवती मन्दिरमा दर्शनार्थीहरुको ठुलो मेला लाग्नुको साथै उक्त अवसरमा लोक संस्कृति सम्वन्धि बिभिन्न कार्यक्रमको photoआयोजना गरी मनाउने परम्परा रहेकोले यसैको सम्झनामा बेल्जियममा रहेका बाग्लुंगबासी नेपालीहरुले पनि समाजको स्थापना देखि नै चैते दशैँ पर्व मनाउन शुरु गरेको समाजका अध्यक्ष देबु पौडेल जानकारी गराए |

नेपाल उघोग बाणिज्य महासंघ बाग्लुंगले चैते दशैँ तथा महासंघको स्वर्ण जयन्तिको अवसरमा पश्चिमान्चल औधोगिक मेला तथा बाग्लुंग महोत्सवको आयोजना समेत गरेको छ|चैत्र १७  देखि शुरु भएको मेला २५ सम्म चल्नेछ|