बाग्लुंग समाज बेल्जियमको दोश्रो अधिबेशन हुँदै

बाग्लुंग समाज बेल्जियमको दोश्रो अधिबेशन बेल्जियमको बुर्गेमा हुने भएको छ|बेल्जियममा बसोवास गर्दै आईरहेका बाग्लुंगबासी नेपालीहरुद्वारा नेपाल र नेपालीको लागी परोपकारी कार्य गर्ने उद्वेश्यले स्थापित यस समाजको अधिबेशन यहि नोभेम्वर ११ का दिन सम्पन्न हुदैछ|

Baglung-samaj-Belgiumप्रवासमा नेपाली भाषा र संस्कृतिको संरक्षणको साथै एक अर्का बिचको आपसी सम्वन्धलाई सुमधुर बनाउदै सामाजिक सेवा भावका साथ परोपकारी कार्य गर्दै आईरहेको समाजले उक्त अधिवेशनमा सहभागी हुन् बेल्जियम बासी नेपालीहरुलाई आव्हान समेत गरेको छ|
अधिवेशन दिनको ठिक १ बजे ब्रुगेस्थित Venkelstraat-6 मा आयोजना गरिएको समाजले जनाएको छ|
समाजले बेल्जियममा नेपाली संस्कृतिका कार्यक्रम गर्नुका साथै नेपालमा समेत सहयोग गर्दै आईरहेको छ|समाजको स्थापना सन् २०१० मा गरिएको थियो |