नेशनल जियोग्राफिक म्यागजिनको कभर पेजमा प्रकाशित भएपछि विश्वभरि बहुचर्चित बनेकी हरिया आँखा भएकी ‘अफगान केटी’ पाकिस्तानमा नक्कली परिचय पत्रमा बसेको तथ्य उजागर भएको छ । स्थानीय प्रहरीले यसबारे अनुसन्धान थालेको छ ।
फोटोग्राफर स्टीभ म्याककरीको सो फोटो नेशनल जियोग्राफिक कै इतिहासमा सर्वाधिक चर्चित बनेको थियो । अफगानिस्तानको त्रासदीपूर्ण जीवन झल्काउने शर्बत गुलाको सो फोटो सन् १९८५ को जुन अंकमा छापिएको थियो । यस फोटोलाइ तेस्रो विश्वको मोनालिसा भनेर पनि चर्चा गरिन्छ ।
हजाराैं/लाखाैं अफगानीहरू पाकिस्तानमा नक्कली नाममा परिचय-पत्र लिएर बस्ने गर्छन् ।