सोमबार आयोजित कर दिवसका अवसरमा आर्थिक वर्ष २०६९⁄७० सबैभन्दा धेरै आयकर तिर्नेमा एनसेल पहिलो भई सम्मानित भएको छ। आन्तरिक राजस्व विभागले एनसेललाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो।
यस्तै सबैभन्दा धेरै मूल्य अभिवृद्धि कर (भ्याट) तिर्नेमा नेपाल टेलिकम रहेको छ। वित्तीय संस्थाअन्तर्गत धेरै कर तिर्नेमा नबिल बैक रहेको छ। व्यापार व्यवसायतर्फ सिप्रदी ट्रेडिङ, निर्याततर्फ किरण सुज मेनुफ्याक्चर्स, होटल व्यवसायतर्फ सोल्टी होटल, लघु वित्ततर्फ छिमेक लघुवित्त विकास बैंक, पारिश्रमिक आयकरतर्फ सिद्धार्थ शमशेर जबरा, स्वास्थ सेवा करमा ओम अस्पताल, पर्यटन क्षेत्रमा बुद्ध एयर, औषधि उद्योगतर्फ देउराली जनता फार्मस्युटिकल्स, रेमिट्यान्सतर्फ आईएमई, शिक्षा सेवातर्फ काठमाडौं मेडिकल कलेज रहेका छन्।
यस्तै लेखापरीक्षण गर्ने संस्थामध्ये सीएससी कम्पनीका मदन शर्मा, चिकित्सकमा डा. भोलाप्रसाद रिजाल, कानुन व्यवसायीतर्फ पायोनियर ल एसोसिएटका भरत उप्रेती, व्यापारतर्फ त्रिशक्ति ट्रेड सेन्टर रहेका छन्।