फ्रेन्च पत्रिकाको खोज समाचार: बुद्ध ई.पू. ६२३ मा नेपालमा जन्मेका थिए

buddhaबुद्धको जन्मस्थल नेपालको लुम्बिनी भएको तथ्यलाई केही भारतियहरू मात्र होइन अन्य बुद्धमार्गी देशहरू पनि तोडमोड गरीरहन्छन् । यही तोडमोडलाई प्रष्ट पार्दै केही महिनाअघि अमेरिकी लोकप्रीय पत्रिका द वासिङ्टन पोस्टले एक समाचार छापेको थियो र लेखेको थियो बुद्धको जन्मस्थल नेपाल नै हो ।
आज (५ डिसेम्बर) फ्रान्सको लोकप्रीय पत्रिका ‘ल पारीसियाँ’ नामक पत्रिकाले यसबारे एक खोजमूलक समाचार छापेको छ ।
‘Bouddha s’est bien éveillé au Népal’ (Buddha is awake in Nepal) शिर्षकको समाचार यस्तो छ- ‘बुद्धको जन्मस्थान र जीवन अवधिबारे विवाद छ । नेपाल, श्रीलंका र बर्माका आ-आफ्नै तर्क भए पनि हालको पुरातात्विक खोजअनुसार बुद्ध ईसापूर्व ६२३ मा नेपालमा जन्मेका थिए ।‘
थप समाचारका लागि यो लिंकमा जान सकिन्छ-
http://www.leparisien.fr/espace-premium/air-du-temps/bouddha-s-est-bien-eveille-au-nepal-05-12-2013-3377973.php