फ्रान्सेली सेनाले नेपाली मारे

africa-french armyसेन्ट्रल अफ्रिकन रिपब्लीकको विमानस्थल सुरक्षा गरिरहेका फ्रेन्च आर्मीले १ नेपाली र १ भारतियको हत्या गरेको कुरा फ्रान्सको रक्षा मन्त्रालयले जनाएको छ । फ्रेन्च सैनिकबाट गोली लागेर मारिएका नेपाली बाँके जिल्लाका २६ बषिर्य कर्णबहादुर रहेको खुल्नमा आएको छ ।

फ्रेन्च जनरल थिएरी बुरखारले गत सोमबार चाडका प्रहरीसँग कारमा आएका ती नेपाली र भारतिय नागरिकहरूलाइ रोक्ने चेतावनी दिंदा नरोकिएका दावी गरेका छन् ।

चाडमा कू भएपछि फ्रान्सका नागरिकहरूको सुरक्षा गर्ने नाममा त्यहाँ फ्रान्सेली सेना पठाइएका छन् ।

फ्रेन्च राष्ट्रपति फ्रँस्वा होलाण्डले घटनाबारे जाँचबुझ गरिने भनेर भारतलाई आश्वस्त बनाउन खोजेका छन् तर नेपाललाई उल्लेख गरेका छैनन् ।