फ्रान्सको गर्भपतनसम्बन्धी कानून झन् लचिलो

फ्रान्सले सन् १९७५ देखि गर्भाबस्थाको कारण महिलाको ज्यान जोखिममा पर्न सक्ने अवस्था भएमा मात्र गर्भपतन गर्न सकिने नियमलाई अझै सजिलो बनाएको छ|गत मंगलवार राष्ट्रिय सभाबाट पारित गर्भपतन सम्वन्धि विवादास्पद विधेयकले महिलाले चाहेमा गर्भपतन गर्न सक्ने ब्यावस्था गरेको छ|गर्भलाई निरन्तरता दिने वा नदिने भन्ने निर्णय गर्ने अधिकार महिलालाई प्रदान गरेको छ |बलात्कारका कारण गर्भाबस्था रहेमा वा शारीरिक तथा मानसिक स्वास्थ्यको कारण खतरा भएमा महिलाले गर्भपतन गराउन सक्नेछन|

French abortion‘गर्भपतन आफैमा अधिकार हो यो अवस्थामा आधारित कुरा होईन’ फ्रेन्च सरकारका प्रवक्ता तथा महिला अधिकार मन्त्री नाजत वल्लौद-बेल्कचेमले भनिन|राजनैतिक दल UDI का नेता जिन लुइस बोर्लोले यस पारित कानुन समाजको तनाब र विभाजनको स्रोत भएको बताए| राजनैतिक दल ump ले भने विधेयकको विपक्षमा मतदान गरेको थियो | यसै बीच दक्षिणपन्थी राजनैतिक दलहरुले भने यसको कडा बिरोध गरेका छन्|आइतवार यस बिधेयकको बिरोधमा पेरिसमा हजारौले बिरोध जनाएका थिए|

सन् २०१० झन्डै दुई लाख बिस हजार महिलाले गर्भपतन गर्ने गरेको स्रोतमा जनाईएको छ| IFOPले सन २०१० मा गरेको मत सर्भेक्षणमा ८६ प्रतिशत महिलाले गर्भपतनको पक्षमा मतदान गरेका थिए|