प्रियंकाको जोडी मिलेन

Priyankaबलिउड नायिका प्रियंका चोपडाको जोडाका बारेमा ठुलो खुल्दुली छ । उनको लागि उपयुक्त वर फेला पर्न सकेन। उनका लागि त्यस्तो विशेष व्यक्तित्व भेटिएको छैन, जोसँग उनको लगनगाँठो जोडियोस् । उनले भनेकी छिन्– ‘मैले त्यस्तो व्यक्ति भेटेकी छैन, जोसँग म विवाह गर्न सकूँ।’

सञ्चारमाध्यमसँग कुरा गर्दै प्रियंकाले भनेकी छिन्– ‘मैले कहिले पनि विवाह गर्न चाहिनँ।’ आफ्नो भाइ सिद्धार्थको इन्गेजमेन्टका क्रममा प्रियंकाको भनाइ थियो– ‘यो मेरो भाइकै निर्णय हो। तर मेरो परिवारले ममाथि विवाहका लागि कहिल्यै पनि दबाब सिर्जना गरेन।’