पेरिसमा एनआरएन अध्यक्ष शेष घले संग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा फ्रान्सका राजदूत श्रीमती अम्वीका देवी मानन्धर लुईटेलफ एन आर एन युरोपका क्षेत्रिय संयोजक अर्जुन कुमार शेष्ठ, उप संयोजक सोम सापकोट , सल्लाहकार दिल बहादुर गुरूङ, लग्जेमबर्गबाट आई सि सी सदस्य हरि खत्री र एन सि सीका उपाध्यक्ष बाल कृष्णा सापकोटा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा अध्यक्ष घलेले मातृभूमि नेपालमा राहत वितरण गर्दाको अनुभव र अनुभूति सुनाउनुभयो ।