मार्च ९ तारिख लण्डनमा हुने नेपाल पत्रकार महासंघ युके शाखाको दोश्रो अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन भएको छ । तयारी समितिका संयोजक वरिष्ठ उपाध्यक्ष चिरन शर्माको संयोजनमा आइतवार लण्डनमा सम्पन्न बैठकले अधिवेशनलाई भव्य बनाउन जिम्मेवारी बाँडफाँड गरेको छ । बैठकमा बोल्ने सदस्यहरुले आगामी नेतृत्व सर्वसम्मतबाट चयन गर्न जोड दिएका थिए ।
बैठकले मञ्च सजावट तथा हल व्यवस्थापनमा सदस्यहरु श्याम लुइँटेल, मिलन शर्मा र सुजन पराजुलीलाई जिम्मेवारी दिएको छ । अतिथि सत्कारमा सदस्यहरु देवी गौतम, उमेश निरौला र रमा लामिछाने खानपान व्यवस्थापनमा सचिव धर्मराज अधिकारी र सदस्य शिव भण्डारी, प्रतिनिधि दर्तामा कोषाध्यक्ष लीलामान शेरपुञ्जा, सदस्यहरु नारायण गाउंले र राजकुमार थापा, आर्थिक संकलनमा अध्यक्ष नवीन पोखरेल, वरिष्ठ उपाध्यक्ष चिरन शर्मा, महासचिव नरेश खपाङ्गी, कोषाध्यक्ष लीलामान शेरपुञ्जा र सदस्य वाचस्पति रेग्मी, प्रतिवेदन लेखनमा महासचिव नरेश खपाङ्गी र कोषाध्यक्ष लीलामान शेरपुञ्जा, र्यापोटिङ तथा बुलेटिनमा सदस्यहरु एभरेस्ट गौतम, रुपेश सिलवाल, ध्रुव अर्याल, दिनेश परियार र शेखर लामिछाने रहेका छन् । बैठकमा निर्वाचन समितिका प्रमुख सोलिसिटर राजु थापा सहभागी थिए ।