पत्रकार महासंघमा झन्डै ६० प्रतिशत गैरपत्रकार भित्रिएपछि बदनामीले सीमा नाघ्न पुग्यो। वन-साङ्ग्लोले घर-साङ्ग्लो खान्छ भन्ने उखान महासंघमा लागू भयो भने के गर्ने भन्ने चिन्ताले श्रमजीवी पत्रकारहरूलाई चिन्तित बनाएको छ। गैरपत्रकारहरूको हुल छिराएर कुनै पनि राजनीतिक संगठनले राजनीतिक अभीष्ट त पूरा होला तर वास्तविक श्रमजीवी पत्रकाहरूको हक-अधिकार स्थापित हुँदैन।
गैरपत्रकार हटाउने उपाय
डाक्टर, नर्स, वकिल, शिक्षण पेसामा सेवा प्रवेश गर्नुअघि सम्बन्धित निकायबाट लाइसेन्स परीक्षा अनिवार्य गरिएको छ। लाइसेन्सविना कुनै पनि सरकारी कार्यालय वा संघसंस्थामा जागिर खान पाइ दैन। तर पत्रकारिता क्षेत्रमा ज्यादै सजिलो छ। जसलाई पत्रकार बन्न मन लाग्यो भइहाल्ने बेथिति बढ्नु पत्रकारिता क्षेत्रको लागि शुभसंकेत होइन। पत्रकार बन्नको लागि कम्तीमा पनि १२ पास गरेको र कुनै पनि संघसंस्थाबाट पत्रकारिता पढेको व्यक्ति हुनुपर्छ। कसैको रहर र लहडले पत्रकारिता क्षेत्रमा प्रवेश गर्नको लागि अब लाइसेन्सको व्यवस्था गर्नुपर्छ। अब पत्रकारितालाई व्यवस्थित र मर्यादित बनाउनका लागि लाइसेन्सको व्यवस्था गर्न ढिला गर्नुहु दैन। जसले पास गरेर लाइसेन्स लिन्छ उसले पत्रकारिता गर्न पाउने न्यूनतम सुधारको काम गर्ने हो भने गैरपत्रकारको संख्या घट्छ।
पत्रकारलाई प्रेस प्रतिनिधि दिने सूचना विभाग छ। पछिल्लो समयमा परिचयपत्रविना पास नदिनेभएपछि झन्डै २ हजार गैरपत्रकार गायब भएका छन्। यसलाई एउटा सकारात्मक सुधारको पमा लिन सकिन्छ। अर्को बढी चुहावट हुने झोले पत्रकारिता बन्द गरिनुपर्छ। कुनै मिडिया हाउसमा काम गर्ने र फुर्सदमा पत्रिका प्रकाशित गरेर प्रेसकाउन्सिलबाट रकम दु पोग हुनबाट रोक्नुपर्छ। पत्रकार महासंघले बनाएको विधिलाई कडाइको साथ कार्यान्वयन गर्ने हो भने धेरै प्रतिशत गैरपत्रकारलाई रोक्न सकिन्छ। दोस्रो, सूचना विभागले गरेको कामलाई निरन्तरता दिनुपर्छ। तेस्रो, विषय प्रेस काउन्सिलले अब पत्रकारिता क्षेत्रमा लाग्नेह को लागि अनिवार्य पमा लाइसेन्सको परीक्षाको व्यवस्था गर्नुपर्छ। यसो गर्दा श्रमजीवी पत्रकाह मात्र महासंघमा हुने र गैरपत्रकारह आफैं पाखा लाग्छन्। महासंघले पहल गर्ने हो भने लाइसेन्सको व्यवस्था गर्नको लागि ठूलो समस्या छैन।
– मधुसूदन रायमाझी